काठमाडौं । नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।
Advertisement
मृतकमध्ये एक जना पाइलट अरुण मल्ल, चार जना चिनियाँ छन्। चार चिनियाँमध्ये एक महिला रहेकी छिन्।
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेका अनुसार एयर डाइनेस्टीको ९एन एजेडी कलसाइनको हेलिकप्ट दुर्घटना भएको हो ।
उक्त हेलिकप्टर दिउँसो २ बजेदेखि त्रिभुवन विमानस्थलको टावरसँग सम्पर्क टुटेकोमा नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो।