वासिङटन डिसी । इलिनोई राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै सिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन् ।
Advertisement
राजदूतावासले नेपाली संलग्न स्थानीय सङ्घसंस्थासँगको समन्वयमा सञ्चालन गरेको तीनदिने शिविरमा राहदानी सेवा प्रवाह गरिएको थियो । सरकारको निर्देशनअनुसार समय समयमा दूतावासले विभिन्न राज्यमा यस्ता शिविर सञ्चालन गर्दै आएको छ ।
सोही राज्यको कार्वोन्डेल विश्वविद्यालयमा स्नातकोत्तर गरिरहनुभएकी बालकोट भक्तपुरकी राजती दाहालले सिकागो शिविरबाट सहज रूपमा सेवा प्राप्त भएकोमा प्रशन्नता प्रकट गर्नुभयो ।
यसबाट धेरै नेपालीलाई घण्टौँको हवाई यात्रा गरेर वासिङटन पुग्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताउँदै उहाँले नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो । (रासस)