काठमाडौँ । मङ्गलबार रातिसम्मै देशका केही ठाउँमा अतिवर्ष हुने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस्तो अनुमान गर्दै सावधान रहन आग्रह गरसेको हो ।
मङ्गलबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रायः सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुने छ भने धेरै ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सबै प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।
महाशाखाका अनुसार रातिको समयमा झन् धेरै वर्षा हुने अनुमान गरिएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा अतिवर्षा हुने छ । सबै प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना छ ।
२४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अतिभारी वर्षा भनिन्छ भने १०० मिलिमिटरदेखि २०० सम्म पर्नुलाई धेरै भारी वर्षा भएको मानिन्छ । यसले खतरा निम्त्याउँछ ।
महाशाखाका अनुसार केही दिनसम्म निरन्तर अत्यधिक वर्षा हुने छ । केही ठाउँमा धेरै भारीदेखि अति भारी वर्षा हुने भएकाले ती क्षेत्रमा बाढीपहिरोको जोखम हुने भएकोले सतर्क सरहन महाशाखाले अपिल गरेको छ ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन न्यूनचापीय रेखा नेपालको नजिक आएकाले बुधबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । यो समय अति जोखिम हुने भएकोले प्रतिकार्यका लागि समेत तयार हुन भनेको छ ।
