• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

भारत र कुवेतको जस्तो अवस्था विश्वभर हुनसक्छ, नेपालीको उद्धारमा ध्यान देऊः केसी


  •   आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारत र कुवेतमा नेपालीहरु समस्यामा परेका भन्दै तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीले आइतबार वक्तव्य प्रकाशित गरी भारत सरकारले आफ्ना नागरिकलाई सम्बन्धित राज्यहरुमा पुर्याउने काम गरिरहेको र सँगै भारतमा रहेका नेपाली नागरिकलाई पनि अब खान बस्नको व्यवस्था नगरी नेपाल सीमासम्म पुर्याउन थालेको भन्दै उनीहरुलाई घर ल्याउने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

    यस्तै, कुवेतले पनि त्यहाँस्थित नेपालीलाई घर फर्काउन थालेको र त्यसका लागि करिब ५ हजार नेपाली क्याम्पमा प्रतिक्षारत रहेको केसीले जानकारी दिनुभएको छ ।

    अध्यक्ष केसीले भारत र कुवेतकै जस्तो अवस्था अब विश्वभर हुन सक्ने भन्दै नेपालीहरुको व्यबस्थापन र उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘भारत तथा कुवेतस्थित नेपालीहरुको समस्याप्रति राष्ट्रिय जनमोर्चाले सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छ । भारत सरकारले विभिन्न राज्यहरुमा अलपत्र परेर बसेका भारतीयहरुलाई आफ्नो आफ्नो राज्यमा पु-याउने व्यवस्था गर्न थालेको छ । त्यही प्रकारले असंगठित र अनौपचारिक क्षेत्रमा काम गरेका नेपालीहरुलाई पनि अब खान बस्न कुनै व्यवस्था नगर्ने र यातायातका साधनहरुको व्यवस्था गरी नेपालको सीमामा पुर्याउने सुचना दिएको छ ।

    कुवेतमा अवैधरुपमा बसेका नेपालीहरुलाई त्यहाँको सरकारले वैधानिक कागजपत्र बनाउनको लागि समय दिएको छ र अब उनीहरुलाई एउटा क्याम्पमा राखेको छ । उनीहरुलाई खानपिउनको पनि व्यवस्था गरिएको छ । उनीहरुको संख्या करिब पाँच हजारभन्दा बढी छ । कोरोना भाइरस वा लकडाउन सामान्य भएपछि त्यहाँको सरकारले सरकारी खर्चमा नै नेपाल पठाउने सुचना दिएको छ । अहिले तत्काल नभए पनि ढिलो छिटो उनीहरुलाई नेपाल ल्याउनुको कुनै विकल्प छैन ।

    उपरोक्त प्रकारको पृष्ठभूमिमा भारत वा कुवेतका नेपालीहरुको समस्याबारे सरकारले गम्भीररुपले विचार गर्नुपर्ने आवश्यकता छ । कुवेतको समस्या तकात्कालिक समस्या होइन र लकडाउन खुलेपछि नै त्यसबारे आवश्यक विचार गर्न सकिने छ । तर भारतको समस्या तात्कालिन दृष्टिकोणले नै अत्यन्त गम्भीर बनेको छ । त्यहाँको सरकारले उनीहरुको खानपीनको समेत व्यवस्था नगरेको हुनाले उनीहरुका अगाडि भोकमरीको समस्या उत्पन्न भएको छ र त्यसकारण सरकारले त्यसबारे तुरुन्त ध्यान दिनु आवश्यक भएको छ ।

    सरकारले यात भारत सरकारसित उच्च कुटनीतिक सम्पर्क गरेर विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार उनीहरुलाई उनीहरु बसेकै ठाउँमा खानपीन समेतको व्यवस्था गर्न लगाउनु पर्दछ । त्यसो हुन नसकेमा ती नेपालीहरुको उद्धारगरी नेपालमा ल्याउनु पर्दछ ।

    यस प्रकारको जिम्मेवारीबाट सरकार बच्न सक्दैन र बच्न हुँदैन भन्ने हाम्रो दृढ मत छ ।
    अहिले भारत वा कुवेतमा जुन प्रकारको समस्या उत्पन्न भएको छ, ढिलो छिटो अन्य देशहरुमा पनि देखापर्न सक्दछ । त्यसकारण त्यो समस्याबारे गम्भीरतापूर्वक र दीर्घकालीन प्रकारको योजना बनाएर काम गर्नका लागि पनि हामीले सरकारसित माग गर्दछौँ ।

    अन्तमा उक्त विषयहरुमा, खासगरेर भारतस्थित नेपालीहरुको समस्याहरुलाई लिएर हामीले प्रधानमन्त्रीसित सम्पर्क राख्ने वा भेट्ने समेत कोशिश गरिरहेका छौँ । भारतस्थित नेपालीहरुको ठूलो संख्यामाथि विचार गर्दा उनीहरुलाई तुरुन्त नेपालमा ल्याएर व्यवस्थापन गर्नु पनि सजिलो छैन ।

    तर विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार भारत सरकार वा विभिन्न राज्य सरकारहरुले त्यो जिम्मेवारी पूरा नगरेमा वा उनीहरुद्वारा नेपालीहरुको त्यसप्रकारको व्यवस्था हुन नसकेमा नेपाल सरकारले नै त्यो समस्यालाई समाधान गर्न कदम उठाउनु बाहेक अर्को कुनै उपाय छैन र त्यसबारे हामीले पुनः सरकारको गम्भीर ध्यानाकर्षित गर्न चाहन्छौँ ।’

    आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.