गुरुप्रसाद कुमाल ‘बुलबुल’ ##
Advertisement
जनताले अब सक्दैनन् धान्न
सङ्घीयता खारेज गरौँ लरिलै ।
जनताले अब सक्दैनन् पाल्न
प्रदेश विघटन गरौँ बरिलै ।
जनताको त्याग र बलिदानले
देशमा संविधान आयो लरिलै ।
जनताकै त्याग र बलिदानले
देशमा गणतन्त्र आयो बरिलै ।
कमाइ खाने भाँडो सबैको भयो
देश टाँट पल्टिँदै गयो लरिलै ।
सङ्घीयता देशमा घाँडो नै भयो
उखेली फाल्न ढिलो भयो बरिलै ।
भ्रष्टाचार झन् झन् बढ्दै पो गयो
महङ्गीले आकाश छोयो लरिलै ।
अब त साथीहरू अति नै भयो
निमुखो सर्वहारा रोयो बरिलै ।
रेमिट्यान्सले कति दिन पाल्ने हो
छोटे राजालाई फालौँ लरिलै ।
लुटेरा व्यवस्था कहिले ढाल्ने हो ?
जनता मिली अब त ढालौँ बरिलौ ।
दिनदिनै गाउँ रित्तिदै गयो
ठुले पनि लाहुरे भयो लरिलै ।
खेताला पाउन गाह्रो हुँदै गयो
सिमखेत बाँझो भयो बरिलै ।