काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले पूर्व महासचिव राजेन्द्र्र श्रेष्ठका पिता रुद्रबहादुर श्रेष्ठको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।
Advertisement
महासचिव लुमाकान्त पुनको हस्ताक्षरमा २०८१ साउन १९ गते शनिबार शोकवक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
शोकवक्तव्यमा मृतकका परिवारप्रति गहिरो समवेदनासमेत व्यक्त गरिएको छ ।
यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :
“काठमाडौँ निवासी अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पूर्व महासचिव राजेन्द्र श्रेष्ठ एवम् हाम्रा वर्गीय साथीहरू मनोज श्रेष्ठ, राजविक्रम श्रेष्ठ र बरुण श्रेष्ठका पूजनीय पिता रुद्रबहादुर श्रेष्ठको ९५ वर्षको उमेरमा अगस्त २, २०२४ का दिन मृत्यु भएको खबरले हामी मर्माहत भएका छौँ ।
यस दुखद घडीमा मृतक बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।”