रवि पौडेल ##
Advertisement
गरिखान देलान् भन्ने छैन हाम्रो देशमा
थरी थरी आएका छन् आफ्नै भेषमा
एउटाले नागरिता, नागरिकलाई बेच्दछ
अर्को आउँछ नेपाल देश सुम्पौँ भन्दछ
पुरानाले गल्ती गरे नयाँ पार्टी खतरनाक
कसरी बचाउने हो हाम्रो देशको भाग
अमेरिकी षड्यन्त्र छ भारतीय योजना
लान्छन क्या हो हाम्रो देशको पूरै खजाना
सङ्घीयताले गाजिसक्यो मुलुकको अवस्था
खतरामा पर्दै झन् झन् अर्थव्यवस्था
एमसिसीले बुट बजार्यो देशको छातीमा
सङ्घीयता अड्केको छ आफ्नै घाँटीमा
खारेज गरौँ सङ्घीयता खारेज गरौँ एमसिसी
सहमत हुन्छौँ/हुन्नौँ भन नेताजी
एससिसी सङ्घीयता खारेज गर्नुपर्ने छ
नत्र भने गलपासो भई मर्नुपर्ने छ
भ्रष्टाचारी दलालीको राज्यसत्ता चाहिँदैन
युवाविहीन बनाउन देशलाई पाइँदैन