राम गैरे पाल्पाली ##
Advertisement
छैन गुनासो उत्साहित यो जिन्दगीसँग ।
न्याय डग्मगाउदैन हेर अपराधीसँग ।१।
सुन्दर शब्दहरूको प्रयोग गर्नुपर्छ हामी ।
राष्ट्र राष्टियता प्रमुख हुन्छ राजधानीसँग ।२।
व्यक्ति साधन हो साध्य होइन देशको ।
भावना अवश्य हुन्छ परोपकारीसँग ।३।
संसार बुझ्छ या बुझ्दैन उसले हेर ।
नीति सिद्धान्त हुँदैन मनोमानीसँग ।४।
वामपन्थीसँग कम्युनिस्ट नैतिकता छैन ।
खै त्यो व्यवहार “बोल्सेभिक” नीतिसँग ।५।