जुना भण्डारी चालिसे ##
सुन्नुहोस् दिदीबहिनी सुन्नुहोस् दाजुभाइ
विकृति र विसङ्गति तोडौँ बरिलै
समाजमा चर्को विवाद तिजको गीतले
अश्लीलताले सीमा नाग्दै गीत तिजले
अहिलेका तिजका गीत खै कसरी सुन्ने हो
दाजुभाइको सामुन्ने ता कानै थुन्ने हो
न संस्कार न संस्कृति विकृति र छाडा गीत
भ्युज आउँदा पैसा पाउँदा मानेका छन् जित
परिवर्तन वाहक शक्ति नाङ्गिँदै गा’को छ
हाम्रो देशमा छाडा संस्कार मौलाइरा’को छ
युटुबर र भाइरल हुने होड चलिरा’को छ
पाश्चात्य शैली यहाँ मौलाइरा’को छ
फिल्म खेल्दा पुरुषले दौरासुरुवाल ला’का छन्
महिला भने अर्धनग्न छाडा भा’का छन्
तिम्रा छाडा गीतले झुक्ने भयो हाम्रो शिर
संस्कार संस्कृतिको छैन तिम्लाई पिर
समाजका यस्ता भाइरस हटाउनुपर्ने छ
अलि छिटो नगरेमा रोग सर्ने छ
मौलिकता हरायो विकृति मौलायो
दाजुभाइसँग बसी सुन्न धौ लाग्यो
विकृत माछे बहिष्कार गरौँ हामी नारीले
समाजमा परिवर्तन गरौँ नारीले
वर्गीय आन्दोलनमा जोडौँ अब नारी हो
पुरानो संस्कारलाई अन्त्य गर्न जुटौ नारी हो