दाङ । दाङमा अखिल नेपाल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) को एघारौँ स्थापना दिवस मनाइएको छ ।
अन्ला दाङको आयोजना अवसरमा २०८१ साउन १० गते बिहीबारका दिन घोराहीमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कानुनको विविध विषयमा तथा आगामी दाङ जिल्ला बार एसोसियसनको निर्वाचनमा अन्लाको भूमिकाको सम्बन्धमा विस्तृत छलफल गर्दै सो कार्यक्रम मनाइएको आयोजकले जानकारी दिएका छन् ।
अन्लाका केन्द्रीय उपाध्यक्ष अधिवक्ता नुमानन्द आचार्यको अध्यक्षता तथा केन्द्रीय सदस्य कृष्णप्रसाद आचार्यको सञ्चालनमा सो कार्यक्रम अघि बढेको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, राजमो जिल्ला सदस्य मेघराज भट्टराई, राजमो जिल्ला सल्लाहकार खडानन्द खनाल, जातीय समता समाजका जिल्ला सचिव बलदेव विक र अखिल (छैठौँ) का जिल्ला सचिव दिनेश रैदासलगायतको उपस्थिति रहेको थियो ।