लाखौं करोडौं मजदुरहरुको आवाज।
भोकै प्यासै सुकेका ओठहरूको आवाज।।
परिवर्तन, स्वतन्त्रताको गौरव गाथा।
हक अधिकार र न्यायका यी अभिलाषा।।
Advertisement
हसाउने मन छ मजदुर ज्यामीलाई।
जुर्मुराउ भन्छ बस्ती श्रमिक ज्यामीलाई।।
मजदुर आज दमन सहन विवस।
संरचना ढाल्न भन्छ मजदुर दिवस।।
शिकागोका मजदुरले शुरू गरेको दिन।
लाखौंलाख मजदुरको खुसीको यो दिन।।
हर्ष उल्लास रहोस् पीडा नहोस् मनमा।
मजदुर दिवसको दिन्छु शुभकामना।।
जुर्मुराउँदै शिकागोले शिक्षा अर्ति दिन्छ।
पेरीसको निर्णयले कती हिम्मत दिन्छ।।
मजदुरको नशानशा खुसी कति छाउँछ।
मजदुर दिवसले पक्कै त्यो दिन आउँछ।।
सुन सरि वन्छ संसार श्रमिकको हातले।
पहाड तराइ एक पार्ने हाम्रो हातले।।
हाम्रो हक लडाईमा कत्ती दुःख नमान ।
मजदुर दिवसको सबैमा शुभकामना।।
जुना चालिसे (चंडीगढ़, भारत)