सिमकोट । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँस्थित शङ्कर माध्यमिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर) मा तालाबन्दी गरिदिएको छ ।
Advertisement
दुईकोठे बर्थिङ सेन्टरको भवन बनाउने ठेकेदारले समितिलाई रु छ लाख ५० हजार भुक्तानी नगरेको जनाउँदै समितिले ताल्चा लगाइदिएको बताएको छ । विद्यालयको जग्गामा सो बर्थिङ सेन्टरको भवन बनेको थियो ।
अभिभावक सङ्घका अध्यक्ष सङ्केश रावलले विद्यालयलाई ठेकेदारले उक्त रकम दिने भनी सहमति गरे पनि कार्यान्वयन नभएपछि ताला लगाएको बताउनुभयो ।
बर्थिङ सेन्टरमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्यालयले पाउनुपर्ने रकम भुक्तानी नहुँसम्म ताल्चा नखोलिने उहाँले बताउनुभयो । (रासस)