कावासोती । नवलपुरमा अखिल (छैठौं) को प्रशिक्षण भेलापछि जिल्ला समिति गठन गरिएको छ ।
केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीको विशेष उपस्थितिमा २०८१ साउन ५ गते शनिबार सम्पन्न रक्तिम सांस्कृतिक अभियानसमेतको संयुक्त भेलाद्वारा सो समिति गठन गरिएको हो ।
समितिको अध्यक्षमा स्वीकृति रसाइली रहनुभएको छ भने उपाध्यक्षमा वर्षा पोख्रेल, सचिवमा मनोज बराल र कोषाध्यक्षमा सविना नेपाली रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा सन्देश रसाइली, स्मृति सापकोटा, मोना निउरे, अनुजा विष्ट, हीरामणि सापकोटा, अंशु गिरी, सन्ध्या भण्डारी, मञ्जु कार्की, राधा महतो, सफलता ढुङ्गाना, आयुष गिरी, अञ्जना बोहरा र वर्षा भुसाल रहनुभएको छ ।
रक्तिमका महासचिव हेमराज आश्रमको समेत आतिथ्यता रहेको सो कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, रक्तिमका केन्द्रीय सदस्य थुमराज ढुङ्गाना, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य भागिरथ शर्मा, राजमो नेता गिरबहादुर महतारा, अखिल नेपाल महिला सङ्घकी लक्ष्मी रसाइली र अखिल नेपाल युवक सङ्घका गोविन्द अम्माईको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा राजमो गण्डकी प्रदेश समितिका सदस्य चन्द्र सापकोटा र अखिल नेपाल जनजाति सम्मेलनका नेता विकाराम चौधरीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका अध्यक्षता कृष्ण गिरीले गर्नुभएको थियो ।

