काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका २ यात्रुको शव भारतको भूमिमा फेला परेको छ ।
Advertisement
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले भारतको भूमिमा फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको उनको भनाई छ । शवको पहिचान भइसकेको छैन ।
सशस्त्र प्रहरी बलका अनुसार भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेको जानकारी दिए । योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ ।