काठमाडौं । काठमाडौंको चन्द्रागिरीस्थित चन्द्रागिरी केबलकारमा दर्जनौं यात्रु अड्किएका छन् ।बुधबार करिब साढे १ बजे विद्युत् आपूर्ती बन्द हुँदा यात्रु फसेका हुन् ।
Advertisement
केबलकारमा फसेका यात्रुको प्रहरीले उद्धार गर्ने प्रयास गरिरहेको छ ।
महानगरीय प्रहरी प्रभाग थानकोटले स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्याङ लगाएर उद्धार गरिएको र बाँकी यात्रुको उद्धार प्रयास भइरहेको जनाएको छ ।
जंगलको बिचमा रहेका डब्बाबाट यात्रुलाई उद्धार गर्न कठिनाई भइरहेको प्रहरीको भनाई छ।
केबलकारको डिब्बामा अड्किएका यात्रुलाई हातैले डोरी तानेर तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।