धनप्रसाद पुन ‘दीपशिखा’
Advertisement
—१—
घोषणापत्र
चुनावी शब्दजाल
भ्रमको खेती
आशावादी जनता
विश्वासघाती नेता
—२—
किसानी कर्म
कसले बुझ्ला मर्म
सेवा नै धर्म
छोड्न हुन्न कसैले
बुझी राखौँ सबैले
—३—
दुधे बालक
निष्ठुरी तिनै आमा
ढुङ्गाको मन
अलपत्र पारेर
गयौं एक्लै छोडेर