• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बाढीपहिरोमा परेकाको उद्धार, राहत, क्षतिपूर्ति र स्वास्थ्योपचारमा ध्यान दिन राजमो माग


  •   शुक्रबार, असार २९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बाढीपहिरोमा परेका जनताको उद्धार, राहत, क्षतिपूर्ति र स्वास्थ्योपचारमा ध्यान दिन आग्रह गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ असार २८ गते शुक्रबार जारी प्रेसवक्तव्यमा राजमोले सो आग्रह गरेको हो ।

    प्रेसवक्तव्यमा असार २८ गते बिहान पहिरोमा परेर दुईओटा यात्रुवाहक बस त्रिशुली नदीमा खसेको सन्दर्भमा बिपत् व्यवस्थापन, रोकथाम, उद्धार, राहत, क्षतिपूर्ति र स्वास्थ्योपचारमा बिनाभेदभाव ध्यान दिन आग्रह गरिएको छ ।

    त्यस्तै, प्रेसवक्तव्यमा कास्की, म्याग्दी, बागलुङ, चितवनलगायतका जिल्लामा अविरल वर्षाका कारण बाढीपहिरोबाट निधन भएकोमा मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “आज बिहान अन्दाजी साढे तीन बजे पहिरोमा परेर दुईओटा यात्रुवाहक बस त्रिशुली नदीमा खसेका छन् यद्यपि अहिलेसम्म त्रिशुलीमा खसेका बस फेला पर्न सकेका छैनन् । ती बसमा झन्डै पाँच दर्जनभन्दा बढी यात्रुले यात्रा गरिरहेको समाचार सार्वजनिक भएको छ ।

    नदीमा खसेका बसको खोजी कार्यलाई अझ तीव्रता दिन नेपाल सरकारसँग माग गर्दछौँ ।

    अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट कास्कीमा एउटै परिवारका सात, म्याग्दीमा दुई, बागलुङमा एक र चितवनमा एक जनाको मृत्यु भएको दुखद समाचार पनि सार्वजनिक भएको छ । मृतक सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । देशका विभिन्न भागमा परेको अविरल वर्षाले निम्त्याएको बाढीपहिरोका कारण थुप्रै धनजनको क्षति हुन पुगेको छ । त्यसका साथै दर्जनौँ सडकसमेत पहिरोका कारण अवरुद्ध हुन पुगेका छन् । बाढीपहिरोमा परी घाइते हुनेहरूको यथोचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । बाढीपहिरोमा परी घरवारविहीन भएकालाई यथाशीघ्र राहतका साथै उचित बसोबासको व्यवस्था मिलाउन पनि सरकारलाई जोड दिन्छौँ । अवरुद्ध सडकका कारण आपूर्ति व्यवस्था नियमिततामा बाधा नपुगोस्, त्यसका साथै कालोबजारीले पनि प्रश्रय नपाओस् भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँछौँ ।

    मौसम विभाग, बिपत् व्यवस्थापन, रोकथाम, उद्धारलगायतका कार्यलाई अझै बढी सतर्क तीव्र पार्नुपर्नेे आवश्यकतामा जोड दिन्छौँ ।

    त्यसका साथै उद्धारपछिको राहत, क्षतिपूर्ति तथा स्वास्थ्योपचारलगायतका विषयमा बिनाभेदभाव ध्यान दिनसमेत सरकारलाई हाम्रो पार्टीले जोड दिन्छ ।”

    शुक्रबार, असार २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.