रवि पौडेल ##
Advertisement
—१—
बालुवामा पानी खोजेर पाउन गाह्रो हुन्छ
धेरै बाँजिएको जमिन जोत्न साह्रो हुन्छ
समयमा बर्षात भएन भने खेतीपातीमा
कृषकको दिमागमा कठिनाइको पारो हुन्छ
—२—
बगैँचामा कोपिला नचुँड फूल फुल्न देऊ
फुलेका सयौँ फूलमा भमरा भुल्न देऊ
मालीले नजोगाएको भए के हुन्थ्यो बगैँचा
सुन्दर बगैँचामा हजारौँ पर्यटक झुल्न देऊ
—३—
गणतन्त्र आएको छ देशमा छोइछिटो हटाइदेऊ
समानताको मित्रवत राख लिङ्गभेद मेटाइदेऊ
हरेकलाई ज्ञान अनि सिपले बलियो बनाइदिनुपर्छ
नेपाल समृद्ध बनाउन साहसी योद्धा खटाइदेऊ
—४—
आजभोलि मानिसलाई मोबाइलको लत लागेको छ
सबै कुरा बिर्सिने एउटा रोग दिमागी खत लागेको छ
आफू के गरिरहेको छु, के गर्दै छु भनेर भुल्न थाले
सेलफोन हेरी हेरी हास्ने अझ धेरै घत लागेको छ ।