काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीलाई ‘रविको पार्टी’ बनाउन नहुने बताएका छन्।
बुधबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेका नाममा लामो पत्र लेख्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘रविको पार्टी’ बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाउन अपिल गरेका हुन्।
पत्रमा उनले रविको गाडीको सिसा कालो भइसकेको भन्दै व्यंग्य पनि गरेका छन्।
‘सभापतिलाई देउवा, ओली र प्रचण्डसँग दाँजेर को कति ठीक, को कता ठीक भन्ने बेला भइसक्यो। मेरो चाहना त दाँज्ने तहको नहोस्
भनेको, धेरैमाथि हुनुपर्छ सभापतिज्यू, दाँजिने तहमा होइन’ उनले लेखेका छन्, ‘राजनेता बन्नुपर्यो सभापतिज्यू, नेता मात्र बनेर पुगेन। तपाईँको गाडीको सिसा कालो भइसक्यो।’
यस्तै, महामन्त्री ढकालले पुराना पार्टीसँग मिलेर रवि लामिछानेलाई ‘झिंगासँग उडेको’ बताएका छन् ।
ढकाल लेख्छन्, ‘सभापतिज्यू, झिँगासँग उडियो भने ‘गू’मा पुगिन्छ। मौरीसँग उड्यो भने ‘मह’मा पुगिन्छ। मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन। हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ। मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ।’