• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेकपा (मसाल) को भिडियो बैठकः यस्ता छन् १७ बुँदे निर्णय


  •   सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) को पीवीको बैठक बसेको जानकारी प्राप्त भएको छ । लकडाउनकै अवस्थामा आइतबार बसेको भिडियो बैठकले राष्ट्रिय महत्वका विभिन्न १७ बुँदे निर्णय गरेको छ । बैठकपछि महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकासित गरी बैठकले गरेका निर्णयहरुबारे जानकारी दिनुभएको छ ।

    Advertisement

    यस्ता छन्, बैठकका निर्णयहरुः
    ‘नेकपा (मसाल)को पीवीको भिडियो बैठक हिजो २०७७ वैशाख १४ गते बस्यो । त्यो बैठकले कोरोनापछि पैदा भएको देशको राजनीतिक स्थिति तथा पार्टीको अवस्था र कामहरू समेतबारे विस्तृत रूपले छलफल गरी कैयौँ महत्त्वपूर्ण निर्णयहरू गरेको छ । ती निर्णयबारे जानकारी दिन यो वक्तव्य जारी गरिएको छ ।

    १. बैठकले ओली सरकारको कार्यशैलीको कडा शब्दमा आलोचना गरेको छ । कोरोना भाइरसपछि भएका कतिपय स्वास्थ्यसम्बन्धी औषधी वा उपकरणहरूको खरिद गर्दा भएको अनियमितता वा भ्रष्टाचारसम्बन्धी कैयौँ तथ्यहरू बाहिर आउँदा पनि त्यसको पक्षपोषण गर्ने काम गरियो र अहिलेसम्म पनि नीहरूमाथि कारवाहीको लागि कुनै कदम चालिएको छैन । भारतीय सीमा, राजधानी वा नेपालका विभिन्न स्थानहरूमा थुनिएर बसेका नेपालीहरूलाई आफ्नो गाउँघरमा पुर्‍याउने व्यवस्था गर्न अस्वीकार गरियो । त्यसको परिणामस्वरूप ठूलो सङ्ख्यामा नेपालीहरूले धेरै नै कष्टको जीवन बिताउनुपर्ने अवस्था उत्पन्न भयो ।

    त्यसका लागि पनि ओली सरकार नै जिम्मेवार छ । उनीहरूलाई कोरोना भाइरससम्बन्धी स्वास्थ्य जाँच वा आवश्यकतानुसार क्बारेन्टाइनमा वा होम क्बारेनटाइनमा राख्ने गरी नेपालमा वा आफ्नो गाउँघरमा पुर्‍याउन सरकारले व्यवस्था गर्नु पर्दथ्यो । तर त्यसबारे सरकारले एकदम उपेक्षा र अमानवीय दृष्टिकोण अपनायो । त्यसका लागि हामीले ओली सरकारको कडा शब्दमा आलोचना गर्दछौँ ।

    २. अहिले कतिपय प्रदेशहरूमा भारतीय सीमामा रोकिएर रहेका नेपालीहरूलाई नेपालमा ल्याउने काम सुरु भएको छ । राजधानी वा देशका विभिन्न भागहरूमा रोकिएर बसेका नेपालीहरूलाई पनि विभिन्न जिल्ला वा गाउँपालिकाहरूले गाडीको व्यवस्था गरी लैजाने काम गरेका छन् ।

    त्यससम्बन्धी प्रक्रिया पनि विभिन्न स्तरमा अगाडि बढेको थाहा भएको छ । भारतीय सीमामा वा राजधानी सहित विभिन्न स्थानहरूमा रोकिएर बसेका नेपालीहरूलाई पनि आ–आफ्नो ठाउँमा पुर्‍याउनको लागि उचित व्यवस्था गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

    ३. प्रधानमन्त्री ओलीको व्यक्तिगत र स्वेच्छाचारी प्रकारको कार्यशैलीको हामीले पहिले पनि बारम्बार आलोचना गर्दै आएका छौँ । त्यसप्रकारको कार्यशैलीले सरकारको सम्पूर्ण कार्यप्रणालीमा नकारात्मक असर पारेको छ र अव्यवस्था तथा विग्रहको स्थिति पनि उत्पन्न भएको छ । हाम्रो पार्टीले त्यसप्रकारको कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

    ४. सरकारले ल्याएका दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशहरूले प्रधानमन्त्रीको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैलीलाई नै बताउँछन् । तर ती दुईवटा प्रतिनिधिमूलक घटनाहरू नै हुन् । त्यसप्रकारको कार्यशैली अन्य विषयहरूमा पनि बारम्बार देखा पर्ने गरेको छ र त्यसबाट देशलाई काफी हदसम्म नोक्सान पुग्ने गरेको छ । त्यसकारण हामीले त्यसप्रकारको कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिन्छौँ ।

    ५. अहिले सरकारले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी दुवै अध्यादेशहरूलाई फिर्ता लिने निर्णय गरेको छ । तर यस सन्दर्भमा हामीले एउटा अर्को पक्षप्रति पनि प्रकाश हाल्न चाहन्छौँ । संवैधानिक परिषद्को कार्यप्रणाली अत्यन्त असन्तोषजनक रहेको छ । विपक्षी दलका नेता शेरबहादुर देउवाको कार्यशैलीका कारणले नेकाको महाधिवेशनपछि तुरुन्त गर्नुपर्ने निर्णयहरू पनि लामो समयसम्म हुन नसकेको कुरा आम रूपमा थाहा भएको कुरा हो ।

    उनको त्यसप्रकारको कार्यशैलीको नकारात्मक असर संवैधानिक परिषद्मा पनि परेको छ । त्यसले गर्दा संवैधानिक परिषद्ले गर्नुपर्ने कैयौँ महत्त्वपूर्ण निर्णयहरू लामो समयसम्म हुन नसकेर गत्यावरोधको स्थिति उत्पन्न भएको छ । संवैधानिक परिषद्मा देखा परेको त्यसप्रकारको समस्याको समाधानको लागि पनि उपयुत्त कार्यविधि अपनाउनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

    ६. हामीले नेकपाको सरकारका गलत नीति वा कार्यशैलीको कडा शब्दमा आलोचना गर्दै आएका छौँ र आउने दिनहरूमा पनि आवश्यकतानुसार हाम्रो त्यो नीति कायम रहने छ । तर त्यसका साथै हाम्रो पार्टीले नेकपाको सरकारलाई दिएको समर्थन अहिले पनि कायम रहेको कुरा स्पष्ट गर्न चाहन्छ । नेकपालाई हाम्रो पार्टीको आठौँ महाधिवेशनले निम्न पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने सङ्गठन बताएको छ ।

    त्यसैले त्यसलाई हामीले कम्युनिस्ट पार्टी मान्दैनौँ । तर त्यसलाई देशभक्त, जनतान्त्रिक र वामपन्थी तथा मित्रशक्ति मान्दछ । त्यसलाई सामन्त, दलाल र नोकरशाही पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने सङ्गठन र दुश्मनशक्ति मान्ने सोचाइलाई हाम्रो पार्टीले अस्वीकार गर्दछ । त्यसैले नेकपा वा त्यसको सरकारप्रतिको हाम्रो पार्टीको विरोध वा सङ्घर्षको नीति शत्रुतापूर्ण नभएर मैत्रीपूर्ण हुने कुरा हामीले बारम्बार स्पष्ट गर्दै आएका छौँ ।

    ७. नेकपा देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्ति भएपनि आफ्नो निम्न पुँजीवादी चरित्रका कारणले त्यो ढुलमुल अवसरवादी र सम्झौतापरस्त शक्ति हो र, त्यसैले त्यसले सामन्त, दलाल र नोकरशाही पुँजीपतिवर्ग तथा भारतीय, अमेरिकी र अन्य साम्राज्यवादी शक्तिहरूप्रति पनि सम्झौतापरस्त नीति अपनाउने गर्दछ । त्यसका सबै त्यसप्रकारका ढुलमुल, अवसरवादी र सम्झौतापरस्त नीतिहरूको दृढतापूर्वक र सम्झौताहीन प्रकारले विरोध गर्ने हाम्रो नीति हुन्छ । त्यसप्रकारको हाम्रो नीति माओले मित्रशक्तिहरूप्रति अपनाउनुपर्ने एकता–सङ्घर्ष–एकताको नीति अनुरूप नै छ र सही पनि छ ।

    ८. विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार कोरोना भाइरसको विश्वव्यापी सङ्कटको अवस्थामा सबै विदेशी नागरिकहरू जस्तै नेपालका नागरिकहरू पनि जुन जुन देशमा छन्, त्यहीँ नै उनीहरूको व्यवस्था गर्नु सम्बन्धित देशहरूका सरकारहरूको दायित्व हुन्छ ।

    तर कैयौँ देशहरूमा नेपालीहरूको त्यसरी समुचित व्यवस्था नगरेका वा कतिपय देशहरूले उनीहरूलाई निष्कासन गर्न समेत जोड दिएका समाचारहरू आउने गरेका छन् । उनीहरूको त्यसप्रकारको नीति विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलका विरुद्ध छ । त्यो अवस्थामा विभिन्न देशहरूमा भएका नेपालीहरूको हित र मानवअधिकारको संरक्षणको लागि प्रभावशाली प्रकारले पहल गर्नको लागि हामीले सरकारको विशेष ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    ९. विदेशस्थित नेपालीहरूका समस्याहरूको सन्दर्भमा भारतस्थित होटल वा असङ्गठित क्षेत्रहरूमा काम गर्ने नेपाली कामदारहरूले भोग्नु परिरहेका समस्याहरूप्रति हामीले सरकारको विशेष ध्यान आकार्षित गर्न चाहन्छौँ । अहिलेको कोरोना भाइरस वा लकडाउनका कारणले उनीहरूका रोजगारी वा आम्दानीका स्रोतहरू समाप्त भएका छन् । उनीहरूलाई उनीहरूका मालिक वा त्यहाँका सरकारले समेत उनीहरूको खानपीन वा व्यवस्थामा जोड दिएका छ्रैनन । त्यसले गर्दा उनीहरूले गम्भीर प्रकारको भोकमरीको स्थितिको सामना गर्नु परिरहेको छ ।

    उनीहरूको त्यो अवस्थाप्रति सरकारको विशेष ध्यान जानुपर्ने आवश्यकता छ र सरकारले त्यहाँको सरकार, प्रशासन, सम्बन्धित अधिकारीहरू वा नेपाली राजदुतावाससित सम्बन्ध कायम गरेर उनीहरूको खाने बस्ने व्यवस्था गर्नुपर्दछ वा त्यसो गर्न नसकेमा उनीहरूलाई नेपालमा ल्याएर आवश्यक राहतको व्यवस्था गर्नुपर्दछ । आखिरमा नेपालीहरू संसारको जुन देशमा भएपनि उनीहरू बेखर्ची वा अलपत्र हुन्छन्, कुनै देशले उनीहरूलाई निकालिदिन्छन् भने उनीहरूको आवश्यक व्यवस्था गर्नुृ सरकारको नै जिम्मेवारी हुन्छ ।

    १०. विदेशस्थित नेपालीहरूको समस्याले अब असामान्य चरणमा प्रवेश गर्दै छ । कोरना भाइरसका कारणले विश्वव्यापी रूपमा उत्पन्न आर्थिक सङ्कट वा मन्दीका कारणले विदेशमा नेपालीहरूका लागि रोजगारीका अवसरहरू धेरै नै घटेर जानेछन् । त्यसको परिणामस्वरूप, एकातिर, नेपालमा आउने रेमिटान्स एकदम घटेर जानेछ भने, अर्कातिर, नेपालमा बेरोजगारीको सङ्ख्या धेरै नै बढेर जानेछ । त्यो स्थितिको दीर्घकालीन आर्थिक योजना बनाएर नै सामना गर्न सकिने छ र गर्नु पनि पर्दछ ।

    त्यसका लागि मुख्य रूपले कृषि उत्पादन तथा उद्योगधन्दाको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । तर वर्तमान सरकार प्रशासन समेतको कार्यशैली यथावत रहेमा त्यो स्थितिको सामना गर्नु सम्भव हुनेछैन । त्यसैले वर्तमान सरकार र प्रशासन समेतको कार्यशैलीलाई सुधार गरी देश, जनता र अहिले कोरोना भाइरसले उत्पन्न गरेको स्थितिप्रति गम्भीर हुन हामीले जोड दिन्छौँ ।

    ११. कोरोना भाइरस वा अहिले देशमा लगाइएको लकडाउन अस्थायी कुरा हुन् र ती लामो समयसम्म रहने छैनन् । तर त्यसले आफ्ना पछाडि गम्भीर प्रकारको सङ्कटलाई छाडेर जाने छ । देशको अर्थतन्त्र, कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य आदि सबैमाथि त्यसले गम्भीर क्षति पुर्‍याउने छ र त्यसरी देशमा एकप्रकारको राष्ट्रिय सङ्कटको स्थिति उत्पन्न हुनेछ । त्यो स्थितिको सामना गर्न हामीले सरकार, राजनीतिक पार्टीहरू, सङ्घसंस्था र आमजनताको समेत गम्भीर ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    १२. अहिले कोरोना भाइरसको कारणले रोजगारी समाप्त भएपछि मजदुरहरू, दैनिक कमाएर खाने वर्गहरू तथा निम्नवर्गीय जनताले धेरै नै अप्ठ्यारो स्थितिको सामना गर्नु परिरहेको छ । तर उनीहरूका लागि समुचित र न्यायसङ्गत प्रकारले राहत वितरण नभएका, राहत वितरणमा दलीय भेदभाव, अनियमितता र भ्रष्टाचार समेत भएका कैयौँ समाचारहरू आइरहेका छन् । त्यसबारे समुचित र व्यवस्थित रूपले काम गर्नुपर्ने आवश्यकतामा हामीले सबै सम्बन्धित निकायहरूको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    १३. अहिले कोरोना भाइरसले उत्पन्न गरेको सङ्कटको स्थितिमा सरकारले सबै राजनीतिक पक्षहरू वा जनता समेतसित ऐक्यवद्धता कायम गरेर अहिलेको स्थितिको सामना गर्न ध्यान दिनु पर्दथ्यो । तर सरकारले त्यसबारे एकाधिकारवादी कार्यशैली अपनाउने गरेको छ । त्यसप्रकारको कार्यशैलीका दुरगामी दुष्परिणामहरू हुने कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । त्यो अवस्थामा हामीले त्यसप्रकारको एकाधिकारवादी कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    १४. सरकारले अपनाएका गलत नीति, कार्यशैली वा एकाधिकारवादी कार्यशैलीका कारणले लोकतन्त्र वा गणतन्त्रको आधार कमजोर हुने तथा प्रतिगामी शक्तिहरूलाई अगाडि आउन बल पुग्ने सम्भावनातिर पनि हामीले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधर शक्तिहरू तथा आम जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ । अहिलेको स्थिति बिग्रदै गएमा उनीहरूले देशलाई प्रतिगमनको दिशामा लैजान पूरा शक्ति लगाउने छन् । त्यो अवस्थामा देशलाई प्रतिगमनको दिशामा जानुबाट रोक्न पनि हामीले विशेष ध्यान दिनुपर्दछ ।

    १५. कोरोना भाइरस वा लकडाउनले देशलाई जति नोक्सान पुर्‍याए पनि तिनीहरूले पुर्‍याएको क्षतिलाई देशको विकासका पक्षमा उपयोग गर्ने हाम्रो प्रयत्न हुनुपर्दछ । कोरोना भाइरसको कारणले एकातिर, विदेशमा भएका नेपालीहरू ठूलो सङ्ख्यामा नेपाल फर्केर आउने छन् भने, अर्कातिर, नेपालमा विदेशबाट हुने आयात वा सहायता कमभएर गम्भीर प्रकारको अभावको स्थिति उत्पन्न हुनेछ ।

    त्यो अवस्थामा देशभित्र बढेको जनशक्ति र देशमा विद्यमान प्राकृतिक साधनहरूलाई अधिकतम उपयोग गरेर देशको विकासका लागि हामीले विशेष ध्यान दिनुपर्दछ । त्यसरी हामीले यो प्रयत्न गर्नुपर्दछ कि कोरोना भाइरस दीर्घकालीन रूपमा नेपालका लागि अभिसाप नबनेर बरदान सावित होस् ।

    १६. मधेशवादीहरूका बीचमा भएको एकीकरणको प्रक्रियाप्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ । त्यसबारे हामीले सर्वप्रथम र मुख्य रूपले यो स्पष्ट गर्न चाहन्छौ कि, मधेशवादीहरू राष्ट्रियताको विरुद्ध काम गर्ने शक्तिहरू हुन् । उनीहरूका अहिलेसम्मका क्रियाकलापहरूबाट त्यो कुरा लगातार प्रष्ट हुँदै आएको छ ।

    उनीहरू मूल रूपमा भारतीय साम्राज्यवादद्वारा सञ्चालित शक्तिहरू हुन् । उनीहरूको जोड सधैँ राष्ट्रिय विखण्डनतर्फ रहँदै आएको छ । त्यही उद्देश्य पूरा गर्न उनीहरूले संविधानमा समेत राष्ट्रघाती प्रकारले संशोधन गर्न तथा प्रदेशहरूको सिमाङ्कन गर्न पनि जोड दिंदै आएका छन् ।

    सरकारलाई समर्थन, सहभागिता वा त्यसप्रतिको उनीहरूको विरोध वा सङ्घर्ष पनि ती राष्ट्रघाती उद्देश्यहरूद्वारा नै निर्धारित हुने गरेका छन् । त्यसैले उनीहरूका सम्पूर्ण नीति कार्यक्रम वा गतिविधिहरू देशको सम्पूर्ण राष्ट्रियता वा तराई वा मधेशका जनताका हितका पनि विरुद्ध छन् । त्यसैले उनीहरूको बीचमा हुने कुनै विभाजन वा एकताले सम्पूर्ण देश वा जनताका लागि कुनै अर्थ वा महत्त्व नराख्ने कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ ।

    १७. अहिलेको लकडाउनको स्थिति साामान्य भएपछि केन्द्रीय समितिको बैठक बस्ने र आगामी राजनीतिक वा सङ्गठनात्मक कार्यहरूबारे आवश्यक निर्णयहरू गरिने छ।’

    सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.