चन्डिगढ । चन्डिगढको सिटी एरियाअन्तर्गत सेक्टर २४ मा जुन २८, २०२४ का दिन सम्पन्न टोल भेलाले एघार सदस्यीय टोल समिति गठन गरेको छ ।
केन्द्रीय सदस्य खिमराज चालिसेको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न भएको थियो ।
भेलामा प्रमुख अतिथि चालिसेले मूल प्रवाहको विधानबारे सङ्क्षिप्त चर्चा गर्दै उक्त भेला नगर सम्मेलन अभियान भव्य रूपमा सम्पन्न पार्ने उद्देश्यमा केन्द्रित रहेको बताउनुभयो ।
भेलाले जमुना खड्का अध्यक्ष ११ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको सचिवमा विमला पाण्डे ए, कोषाध्यक्षमा मधु सुवेदी तथा
सदस्यहरूमा जीवा गुरुङ, ईश्वर सुवेदी, प्रीतम खडका, गङ्गाराम बेल्बासे, दिलबहादुर पुन, विमला पाण्डे बी र विमला आचार्य रहनुभएको छ । समितिको एक स्थान हाललाई रिक्त राखिएको छ ।
नवनिर्वाचित टोल समितिका कार्यकर्तालाई नगर उपाध्यक्ष प्रेम गुरुङले बधाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रम विमला पाण्डे ॅए’ को सञ्चालनमा तथा गङ्गाराम बेल्बासेको अध्यक्षतामा सम्पन्न भएको हो ।