तौलिहवा । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले सङ्घीयता खारेजी तथा भ्रष्टाचार विरुद्ध गोरुसिङ्गेमा कोणसभा सम्पन्न गरेको छ ।
Advertisement
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसीराम सापकोटाको प्रमुख आतिथ्यमा २०८१ असार १४ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै महासचिव सापकोटाले सङ्घीयता नेपालमा विदेशी चलखेलको परिणामस्वरूप भित्रिएको बताउनुभयो ।
सङ्घीयता व्यवहारमै असफल भएको बताउँदै उहाँले जनताले यसलाई खारेज नगरे गम्भीर दुष्परिणाम आउने चेतावनी दिनुभयो ।
सभालाई राष्ट्रिय जनमोर्चा कपिलवस्तुका अध्यक्ष रामप्रसाद बेल्बासे र नेकपा (मसाल) का जिल्ला प्रवक्ता माधव भाट क्षेत्रीले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राजमो जिल्ला सचिव केरसिंह अदैले गर्नु भएको थियो ।
