पोखरा । कास्कीको पोखरामा सङ्घीयता र भ्रष्टाचारको विरुद्ध सभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समितिका अध्यक्ष शङ्कर बरालको प्रमुख आतिथ्यमा २०८१ असार १४ गते शुक्रबार उक्त सभा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बरालले नेपालमा सङ्घीयता र भ्रष्टाचार एकआपसमा जोडिएको बताउनुभयो ।
‘सङ्घीयताले गर्दा भ्रष्टाचारलाई अरू मलजल गरेको छ’ उहाँको भनाइ थियो– ‘त्यसैले सङ्घीयता जति छिटो सकिन्छ, खारेज गर्नुपर्दछ ।’
कार्यक्रममा नेकपा (मसाल) कास्कीका पूर्व प्रवक्ता चन्द्रबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार केबी थापा, जातीय समता समाजका जिल्ला अध्यक्ष विष्णुबहादुर विक, र अखिल नेपाल महिला सङ्घ कास्कीकी अध्यक्ष जमुना खत्रीले पनि सम्बोधन गर्नुभएको थियो ।
सभाको सञ्चालन राजमो नेता विष्णु पुरीले गर्नुभएको थियो ।
