बुटवल । रुपन्देहीको बुटवलमा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा सभा सम्पन्न भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा रुपन्देहीको आयोजनामा २०८१ असार १४ गते पुष्पलाल पार्कमा सो सभा सम्पन्न भएको हो ।
सभामा बोल्ने वक्ताहरूले देशमा बढ्दै गइरहेको भ्रष्टाचार, कालाबजारी लुटखसोटप्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।
वक्ताहरूले सङ्घीयता देशका लागि महङ्गो सावित भइसकेकाले त्यसको खारेजीको माग गर्नुभयो ।
सभामा राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम, रुपन्देहीका अध्यक्ष टानबहादुर केसी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थले सम्बोधन गर्नुभएको थियो ।
राजमो रुपन्देहीका सचिव कृष्णप्रसाद पोखरेलले सभाको सञ्चालन गर्नुभएको थियो ।


