• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पुरानै स्वरुपमा फर्कियो बागलुङको ‘गलकोट कोतघर’


  •   शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
  • गलकोट (बागलुङ) । लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङको ऐतिहासिक गलकोट दरबारलाई पुरानै स्वरुपमा फर्काइएको छ । नेपाली सेनाको आर्थिक तथा श्रमदानबाट जीर्णोद्धार गरी कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको हो ।

    Advertisement

    शक्तिशाली राज्य सञ्चालन भएको ऐतिहासिक स्थलको रुपमा रहेको गलकोटको कोतघर नेपाली सेनाको सहयोगमा पुनःनिर्माण सम्पन्न गरी गलकोट नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

    गलकोट–३ स्थित उक्त कोतघर बाइसेचौबिसे राज्यका पालाको इतिहासका रुपमा रहेको भन्दै सेनाले सामाजिक कार्यअन्तर्गत पुनःनिर्माण गरी बिहीबार पालिकालाई हस्तान्तरण गरेको २३ नम्बर बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलले बताउनुभयो ।

    नेपाली सेनाको श्रीमेहर गण, घोडाबाँधे बागलुङले दु्रतप्रभाव योजनाअन्तर्गत नागरिकसँग सेनाको भूमिका बढाउनका लागि गलकोटस्थित कोतघर पुनःनिर्माण गरी हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।

    सहायक रथी पौडेलले पुनःनिर्मित कोतघरलाई गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेलाई हस्तान्तरण गर्नुभएको थियो ।

    हस्तान्तरणपछि सहायक रथी पौडेलले सेनाले विद्यालय भवन मर्मत, नागरिकमैत्री हेलिप्याड निर्माण, कोतघर जीर्णोद्धारलगायत सामाजिक क्षेत्रमा विभिन्न कार्य गर्दै आएको बताउनुभयो । बाइसेचौबिसे पालाको राज्यशक्ति सञ्चालन र हतियार भण्डारण थलको रुपमा रहेको कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको उहाँको भनाइ छ ।

    लामो समयदेखि कोतघरको जीर्णोद्धार नहुँदा पानी चुहिने, अन्य भौतिक संरचना भत्किन थालेपछि नगरपालिकासँगको समन्वय, सेनाको आर्थिक तथा जनशक्ति व्यवस्थापनमा कोतघरलाई पुरानै मौलिक शैलीमा जीर्णोद्धार सम्पन्न गरिएको नगरप्रमुख गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार पुरानै शैलीमा नयाँ काठको प्रयोग, परम्परागत रुपमा रहेका आँखी झ्याल, खोपेर बनाइएको ढोका र छाना छाइएको छ । गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेष नजिकै रहेको कोतघर विसं २०४० मा पुनःनिर्माण गरी ढुङ्गाले छाइएको थियो ।

    त्यसयता गलकोट नगरपालिकाले मर्मत सम्भार गर्दै आए पनि भत्काएर पुनःनिर्माण भने गर्न सकेको थिएन । “बाहिरबाट रङ्गरोगन गरेर सामान्य मर्मत सम्भार गरेपनि जीर्णोद्धार गर्न नसक्दा भित्रि काठ कुहिँएको रहेछ, ढुङ्गाको छाना चुहिएर कोतघर जीर्ण भनेको थियो । नगरपालिकाले डिपिआर बनाएर कोतघरको पुनःनिर्माण गर्ने तथा यस क्षेत्रको विकास गर्ने योजना अघि बढाएको थियो”, नगरप्रमुख गैरेले भन्नुभयो, “नगरपालिकाको योजनामा सेनाले आर्थिक तथा श्रमदान गरी जीर्णोद्धार सम्पन्न गर्दा कोतघर चिटिक्क परेको छ ।”

    नगरपालिकाले हातहतियार प्रतिस्थापन, साजसज्जा, घेराबार, पदमार्ग, खानेपानी र शौचालयलगायत संरचना बनाइसकेको छ ।

    सेनाको श्रीमेहर गणले रु नौ लाख आर्थिक तथा रु तीन लाख बराबरको श्रमदानमा जीर्णोद्धार गरी पालिकाको जिम्मा लगाएको प्रमुख सेनानी धनबहादुर रानाले जानकारी दिनुभयो ।

    कोतघरको बृहत् जीणोद्धारका लागि नगरपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अन्तर्गत पश्चिम पृतनाको बजेटमा कोतघर पुनःनिर्माण गरिएको उहाँको भनाइ छ । गत वैशाख २३ गतेदेखि पुनःनिर्माण थालेको सेनाले यही असार ७ गते सम्पन्न गरेको थियो । पुनःनिर्माणमा सेनाका झण्डै ३० जना जनशक्ति दैनिक रुपमा परिचालन भएपछि छिटो काम सम्पन्न भएको हो ।

    ऐतिहासिक र पुरातात्विक महत्व झल्काउने गरी कोतघरको जीर्णोद्धारले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने नगरप्रमुख गैरेले बताउनुभयो । उहाँका अनुसार कोतघरमा टँुडाल, झ्याल तथा ढोका पोखराबाट झिकाएर प्रयोग गरिएकाले थप आर्कषित भएका छन् । ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नेगरी पालिकाले रु ५० लाख बढीको पूर्वाधार निर्माण गरिसकेको छ ।

    उक्त कोतघरबाट दुई सय १३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य सञ्चालन गरेका स्थानीयको भनाइ छ । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ । राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाललगायत संरचना निर्माण गरिएको थियो ।

    कोतघरसँगै इष्टदेवी र भगवतीको मन्दिर पनि यहाँ छ । राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भइसकेका छन् । स्थानीयका अनुसार यहाँ झिँगटीले छाएको भूइँतले दरबार थियो । दरबारको जगमा अहिले पनि इँटामा अवशेष भेटिने गरेको छ । साथै विसं २०४० मा कोतघरको पुनःनिर्माण गरिएको थियो ।

    अहिलेको गलकोट नगरपालिकाको नामसमेत यही कोतबाट निर्माण भएको इतिहास छ । गोलो पहाडको टाकुरामा दरबार निर्माण गरी राज्य सञ्चालन भएकाले यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम पछि गलकोटका रुपमा प्रचलित हुँदै गएको हो । कोतघरमा अहिले पनि वडादसैँ र चैतेदसैँमा विशेष पूजा गरिन्छ ।

    शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.