काठमाडौं । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडामा बस दुर्घटना हुँदा आठ जना घाइते र तीन जना गम्भीर अवस्थामा रहेका छन् ।
Advertisement
रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार २५ जनामध्ये आठ जना घाइते भएका हुन् ।
सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा५ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताउनुभयो ।
दुर्घटनामा घाइते भएकालाई खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको र गम्भीर भएकालाई काठमाडौँ पठाइएको छ । बसमा २५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।