• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

तीन सन्तानकी आमा रेनु, छोरीसँगै विद्यालय जान्छिन्


  •   बुधबार, असार १३, २०८१ मा प्रकाशित
  • वालिङ (स्याङ्जा) । स्याङ्जाको चापाकोट नगरपालिका–९ फूलबारीकी रेनुका भुसाल भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ ।

    Advertisement

    एकचालीस वर्षीया उहाँ चापाकोट–९ स्थित गङ्गालाल माविमा अध्ययन हुनुहुन्छ । उहाँले भन्नुभयो, १४ वर्षमा विवाह भएपछि अध्ययन गर्न पाइन । भित्रभित्रै पढ्ने एकदम इच्छा थियो, पढ्ने उमेरमा विवाह भयो , पढ्ने चाहना भएर पनि पढ्न सक्ने अवस्था भएन, अहिले छोरी ठूला भए अनि सानैदेखिको पढ्ने चाहना पूरा गर्न विद्यालय जान थालेँ ।

    गत वर्ष कक्षा ८ मा भर्ना हुनुभएकी भण्डारीले सो तहमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुनुभएको थियो । उहाँ विद्यालयका अन्य विद्यार्थीजस्तै विद्यालय पोशाकमा झोलामा कापी–किताब बोकेर नियमित जाने गर्नुहुन्छ । ‘मानिसका लागि शिक्षाको महत्व धेरै रहेछ, जति बुझ्यो उति यसको महत्व र आवश्यकता देखेँ’, उहाँले भन्नुभयो, ‘शिक्षा आर्जन गर्न उमेरले छेक्दैन भन्ने लाग्यो अनि गत वर्षदेखि विद्यालय भर्ना भएर जान थालेकी हुँ ।’

    अन्य विद्यार्थीले जस्तै कक्षाकार्य तथा गृहकार्य गरेर विद्यालय जाने गरेको उहाँ बताउनुहुन्छ । पढ्न रुचि लागेर आएकाले यसलाई निरन्तरता दिँदै कक्षा १२ सम्म अध्ययन गर्ने सोच उहाँको छ ।

    ‘आफ्ना छोरीको उमेरका बालबालिकासँग एउटै कक्षामा बसेर अध्ययन गर्दा कतै रमाइलो त कतै अप्ठ्यारो महसुस हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘धेरै विद्यार्थीले त राम्रो दृष्टिले हेर्छन्, केहीले हजुरआमा, ‘आन्टी’ भनेर जिस्क्याउने गर्छन्, उनीहरूलाई सम्झाउँदै अगाडि बढेकी छु ।’

    भण्डारीका अन्य विद्यार्थीजस्तै विद्यालय पोशाकमा उपस्थित भएर मेहनतका साथ अध्ययन गर्दै आउनुभएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले बताउनुभयो । अन्यत्र विद्यालयमा कक्षा ५ पढ्दापढ्दै छाड्नुभएकी रेनुका यहाँ कक्षा ८ मा भर्ना हुनुभएको उहाँले बताउनुभयो ।

    ‘कक्षा ८ को अन्तिम परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनुभयो’, प्रअ भट्टराईले, यही मेहनतलाई कक्षा ९ र १० मा पनि निरन्तरता दिन सक्नुभएको खण्डमा माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण हुनुहुन्छ । सैद्धान्तिक शिक्षा लिनका लागि उहाँ यस विद्यालयमा आउनुले पनि सिकाइ अनिवार्य र जहिले पनि सिक्न सकिन्छ भन्ने सन्देश दिएको प्रअ भट्टराई बताउनुहुन्छ । रेनुका तीन छोरीमध्ये जेठीले स्नातक तह, माइलीले कक्षा १२ पूरा गर्नुभएको छ भने कान्छी गङ्गालाल माविमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ ।

    बुधबार, असार १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.