• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पशुपति क्षेत्रको जग्गा १५ दिनभित्र खाली गर्न अल्टिमेटम, स्थानीय आन्दोलित


  •   मङ्गलबार, असार ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । पशुपति क्षेत्र विकास कोषले १५ दिने सूचना जारी गरी ठाउँ खाली गर्ने सूचना जारी गरेपछि पशुपति क्षेत्रका स्थानीय आन्दोलित भएका छन्।

    Advertisement

    पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका लागि अधिग्रहणमा परेको जग्गाका जग्गाधनीहरुलाई ठाउँ खाली गर्न १५ दिने सूचना जारी गरेसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। कोषले बस्ती स्थानान्तरण गर्ने भनेपनि जग्गा उपलब्ध नगराएको काठमाडौं महानगरपालिका वडा नम्बर ८ तीलगंगा क्षेत्रका स्थानीहरूले बताएका छन्। स्थानीय दीपकप्रसाद गौतमले सो क्षेत्रका बासिन्दालाई अन्यत्र सार्नका लागि २०७१ सालमा गरेको निर्णय कार्यान्वयनमा नल्याएको दाबी गरे।

    उनले भने, ‘पशुपति क्षेत्र विकास कोषको एकाग्रही तरिकाले १५ दिने सूचना भनेको छ, उसले ०७७ सालमा निकालेको सूचना ३५ दिने भनेर लागेको छ। त्यो बेलामा पनि हामी प्रतिनिधि सहित आउँदा कार्यान्वयन गर्छौं भनेको हो। यिनीहरु आफूले गरेको कुराहरु ०७१ सालदेखि विभिन्न मितिमा गरेका विषयमा उनीहरु आफू कार्यान्वयन गर्न नसक्ने र जनतालाई दुःख दिने। हामीलाई स्थानान्तरण गर्नुपर्ने ठाउँको जग्गा देउ, हामी चाँडो जान्छौँ भन्दा पनि उनीहरुले १० औं वर्षसम्मा आन्तरिक विवादमा काम गरेका छैनन्। १५ दिनभित्र तुरुन्त हटेर जा भनेको छ, हामी त्यसकै विरोधमा आएका छौँ।’

    त्यस्तै अर्का स्थानीय आयुष श्रेष्ठले १५ दिनभित्र घर छोडेर जाने सूचना निकाले पनि कोषले जग्गा उपलब्ध नगराएसम्म आफूहरु कहीँ नजाने बताए।
    उनले भने, ‘१५ दिनभित्र घर छोडेर जा भनेर भनियो। तर हामी तयारीमा छौँ। उनीहरुले जग्गा दिनुपर्छ। जग्गा दिएको भोलिपल्ट नै छोडेर जान्छौँ।’

    तीलगंगा (बि १३) मा घरजग्गा अधिग्रहणमा परेका भण्डारी, बिसेटहरुलाई कोषको पूर्व नीतिअनुसार उमाकुण्ड (बि ३) क्षेत्र र गोठाटार क्षेत्रमा घडेरी उपलब्ध गराउने भनी २०७१ साल असार १ गते निर्णय गरेको भएपनि हालसम्म जग्गा उपलब्ध गराउन सकेको छैन। असार १ गते कोषले ठाउँ खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो।

    कोषले सार्वजनिक गरेको सूचना यसप्रकारको रहेको छ
    पशुपति क्षेत्र विकास कोषको स्वीकृत अवधारणात्मक गुरुयोजना अनुसार नेपाल सरकारको मिति २०६९/०५/०६ को निर्णयले गुरुयोजना कार्यान्वयनका क्रममा का।म।न।पा। वडा नं। ८ तीलगङ्गा आवास क्षेत्रका जग्गा तथा पक्की कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू समेत स्थायी रुपले अधिग्रहण गर्ने निर्णय भई नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६, ७, ८ बमोजिम प्रारम्भिक कारबाही भई जग्गा प्राप्ति ऐनको दफा १० अनुसार घर–जग्गा अधिग्रहण सम्बन्धी सूचना मिति २०७०/०२/३० को गोरखापत्रमा प्रकाशन भई यस कोषका लागि स्थायी रुपले अधिग्रहण भएको तीलगङ्गा ९बि१३० क्षेत्रका घरजग्गा धनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको मिति २०७१/०१/०५ को गोरखापत्रमा प्रकाशित मुआब्जा बुझिलिन आउने सूचना बमोजिम सक्कल कागजात प्रमाण अनुसार अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई मुआब्जा भुक्तानी भइसकेको छ । अधिग्रहण भएको तीलगङ्गा आवासीय क्षेत्र खाली गराउन यसअघि पनि कोषबाट मिति २०७७/०३/२० मा गोरखापत्र दैनिकमा ३५ (पैंतीस) दिने सार्वजनिक सूचना प्रकाशन गरिएकोमा उक्त क्षेत्रका अधिग्रहण प्रभावितहरूले कोषबाट मुआब्जा बुझिलिइसकेको तर मिति २०७७/०३/२० मा प्रकाशित सूचनाको बर्खिलाप हुने गरी हालसम्म पनि कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाल लिगलगापात समेत खाली गराएको नदेखिएको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ ९पन्ध्र० दिनभित्र तीलगत (बी१३) क्षेत्रका कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाल लिगलगापात समेत भत्काई लैजान पुनः सम्बन्धित सबैलाई अनुरोध गरिन्छ। सूचनाको बर्खिलाप हुने गरी घर, टहरा, पर्खाल लिगलगापात उक्त म्यादभित्र नहटाइएमा कानून बमोजिम कोष आफैँले हटाई खाली गराउने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।’

    मङ्गलबार, असार ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.