बुटवल । अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक) का महासचिव लोकराज भुसालले आफ्नी आमा टुमकला भुसालको स्मृतिमा १५० जना विपन्नलाई एक छाक खानाको व्यवस्था गर्नुभएको छ ।
Advertisement
बिहीबार आमाको मुख हेर्ने दिन (मातातीर्थ औँशी) का अवसरमा बुटबल सुकानगर स्थित मानव सेवा आश्रममा रहेका १५०जना असहायहरुलाई साँझको खाना को व्यबस्था गरिएको भुसालले युगदर्शनलाई जानकारी दिनुभयो ।
नेता भुसालसहित उहाँका परिवारका सदस्यहरु दिपकराज भुसाल, कमला बन्जाडे भुसाल तथा सीता भट्टराई भुसालले संयुक्त रुपमा आश्रममा आश्रितहरुलाई एक छाक भनेपनि खाना खुवाइएको उहाँले बताउनुभयो ।
आमाको स्मृतिमा असहाय मानिसहरुलाई खाना खुवाउन पाउँदा खुशी लागेको पनि उहाँले बताउनुभयो ।