काठमाडौं । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको गोली प्रहार गरी हत्या भएको छ ।
Advertisement
क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका उनलाई शुक्रबार दिउँसो अज्ञात व्यक्तिले आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार गरेका थिए।
गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो।
उनको उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
परीक्षामा चिट चोर्न नदिएको बाहानामा क्याम्पस प्रमुखमाथि आक्रमण गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ।
प्रहरीले एसपीको नेतृत्वमा घटनाको अनुसन्धान सुरु गरेको छ ।