जेनेभा । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शत्रुता अन्त्य गर्न आह्वान गर्दै लेबनान र इजरायलबिचको सीमारेखामा व्यापक द्वन्द्वको जोखिम रहेको बताउनुभएको छ ।
गाजा ध्वस्त पार्ने हमाससँगको आठ महिना लामो युद्धपछि उत्तरी सीमा क्षेत्रको भ्रमण गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार इजरायली सीमामा धेरै तीव्र कारबाहीका लागि तयारी भइरहेको बताउनुभएपछि राष्ट्र सङ्घका प्रमुखको यो धारणा आएको हो ।
इजरायलले गाजापट्टीमा हमास विरुद्ध युद्ध गरिरहेको बेला हालैका दिनमा हेजबुल्लाह र इजरायलबिच दिनहुँजसो आक्रमण बढेको छ । दुवै समूहलाई इरानलगायत अन्य सहयोगीले समर्थन गरेका छन् ।
ब्लू लाइन पार गरेर गोलीबारी जारी दललाई राखेका महासचिवले तत्काल गोलीबारी बन्द गर्न आह्वान गर्नुभएको छ । राष्ट्र सङ्घका प्रवक्ता स्टेफन डुजारिकले इजरायल र लेबनानबिचको सीमारेखालाई उल्लेख गर्दै एक विज्ञप्तिमा यस्तो बताउनुभयो ।
निरन्तरको गोलीबारीले यस क्षेत्रका लागि विनाशकारी परिणामसहित व्यापक द्वन्द्व निम्त्याउन सक्ने पनि उहाँले बताउनुभयो । (रासस/एएफपी)





