वासिङ्टन डिसी । एरिजोना राज्यको फिनिक्स सहरमा बढ्दो गर्मीका कारण पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका लगभग एक दर्जन मानिस अस्पतालमा भर्ना भएका छन् ।
Advertisement
फिनिक्स फायर विभागले उत्तरी फिनिक्सको ड्रिम सिटी चर्चमा आयोजना गरिएको कार्यक्रममा सहभागी ११ जनालाई अस्पतालमा लगेको द हिलले जनाएको छ ।
फिनिक्स राष्ट्रिय मौसम विभागका अनुसार यस वर्ष पहिलोपटक बिहीबार तापक्रम ११० डिग्री फरेनहाइट पुगेको छ । अनलाइनमा प्रसारण गरिएको भिडियो र फोटाले चरम गर्मीका कारण धेरै मानिस बेहोस भएको र चिकित्सा सहायताको आवश्यकता परेको देखाइएको छ । (रासस/एएनआई)