• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सत्ता-प्रतिपक्षबीच जुटेन सहमति, एमाले-कांग्रेस आरोप प्रत्यारोपतिर


  •   सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
  • काठमाडौं । संसदका गतिरोध अन्त्य गर्नेबारे सत्ता र प्रतिपक्ष दलबीच सहमति जुट्न सकेन ।

    Advertisement

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्तापक्ष र प्रतिपक्षीबीचको बैठक निष्कर्षविहीन टुंगिएको छ।

    संसद्को जारी गतिरोध अन्त्य गर्नेगरी सत्ता र प्रतिपक्षी दलका नेताहरू छलफलमा जुटेका थिए। छलफलमा संसदीय छानबिन समितिको टीओआर कार्यदलका सदस्यहरू पनि सहभागी थिए।

    सो बैठकपछि पुनः आजै साँझ प्रधानमन्त्रीसँग पनि अर्को चरणको छलफल हुने परियारले बालुवाटार बैठकपछि जानकारी दिए।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिको प्रयास हदैसम्म गरेपनि सत्तारुढ अन्य दलका कारण सहमतिमा समस्या आएको कांग्रेस सांसद जीवन परियारले बताए।

    सत्तारुढ दल नेकपा एमालेतिर लक्षित गर्दै सांसद परियारले सत्तारुढ दल सहमति नचाहेको आरोप लगाए ।

    बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

    त्यस्तै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की र कार्यदलका सदस्य जीवन परियार सहभागी थिए।

    एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, कानून मन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागी थिए।

    बालुवाटार बैठकमा सहमति नजुटेपछि पार्टी सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस पदाधिकारीसहितको बैठक बस्दैछ।

    भोलि (मंगलबार) आगामी आर्थिक वर्षको बजेट ल्याउनपर्ने बाध्यतामा छ, सरकार। तर, झण्डै २ महिनादेखि जारी संसद्को डेढलक खुल्न नसक्दा बजेट कसरी ल्याउने भन्ने चिन्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन्।

    तर, सो छलफलमा पनि संसदीय छानबिन समितिको टीओआर कस्तो बनाउने भन्नेबारे सहमति जुट्न सकेन। अहिले बालुवाटारबाट निस्किएर सत्ता र प्रतिपक्षी दलका नेताहरू आ–आफ्नो तयारीमा जुटेका छन्।

    प्रधानमन्त्री सकारात्मक, एमाले अल्झाउन लाग्यो : कांग्रेस
    टीओआर कार्यदलका सदस्य समेत रहेका कांग्रेस सांसद जीवन परियारका अनुसार, आजै साँझसम्म डेढ लक अन्त्य गर्नेगरी प्रधानमन्त्रीले छलफल अघि बढाएका छन्।

    साथै, उनले प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्य गर्नेगरी लागेको भए पनि सत्तापक्षकै अन्य दल समाधानको काम अल्झाइरहने अवस्थामा देखा परेको बताए।

    ‘आज साँझसम्म जसरी हुन्छ डेढलक अन्त्य गर्नेगरी प्रधानमन्त्री लाग्नुभएको छ। प्रधानमन्त्रीको पहलकदमी उपयुक्त छ, समग्र सत्तापक्षले समस्या समाधान गर्नेतर्फ पनि अल्झाइरहको देखिन्छ,’ परियारले भने।

    कांग्रेसले सहकारी पीडितको रकमको सुनिश्चितता नभएसम्म संसद्को गतिरोध जारी रहने आफूहरूको बटमलाइन रहेको प्रष्ट पारे।

    कांग्रेसले माफी मागोस् : एमाले
    यता, सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टी र अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएका आरोपबारे लिखित क्षमा र सार्वजनिक माफी माग्नुपर्ने बताएको छ।

    सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि एमालेले ती आरोपबारे कांग्रेसले माफी नमागे सम्बन्ध राम्रो नहुने चेतावनी दिएको छ।

    ‘कांग्रेसले जेजस्ता आरोप लगाइरहेको छ, कांग्रेसले यो आरोपकाप्रति लिखित रुपमा क्षमा र सार्वजनिक रुपमा माफी माग्नुपर्छ। अन्यथा, नेपाली कांग्रेससँगको सम्बन्ध ठिक ढंगले अघि बढ्न सक्दैन। नेकपा एमाले यस्ता अरोप सुनेर बसिरहन सक्दैन,’ एमाले उपाध्यक्ष विष्णु पौडेलले भने।

    पछिल्ला दिनमा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कांग्रेसले गिरिबन्धु टी,स्टेटसँग जोडेर विभिन्न प्रतिक्रिया दिँदै आएको छ।

    सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.