खलङ्गा । प्युठानमा अखिल नेपाल बुद्धिजीवी सङ्घको जिल्ला समिति पुनर्गठन गरिएको छ ।
Advertisement
२०८१ जेठ १० गते बिहीबारका दिन आयोजित भेलामाझ सङ्घको समिति पुनर्गठन गरिएको हो ।
समितिको संयोजकमा सिद्धिमान जिसी चयन हुनुभएको छ भने समितिमा ठाकुर गिरी, शिवध्वज घर्ती, ईश्वरी पण्डित, चन्द्रप्रसाद श्रेष्ठ, रामबहादुर रोकाय, शङ्कर आचार्य, कल्पना खड्का र गेहराज थापा सदस्य रहनुभएको छ ।
राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यालय खलङ्गामा बसेको सङ्घको प्रथम बैठकले सदस्यता वितरण गर्ने, पालिका समिति गठन गर्ने, अन्तरक्रिया/गोष्ठी आयोजना गर्ने निर्णय गर्नुको साथै जिल्ला भेला गरी समिती विस्तार गर्नेलगायत निर्णय गरेको जानकारी दिइएको छ ।
बैठकमा राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा र नेकपा (मसाल) प्युठानका प्रवक्ता राम पहाडीको पति आतिथ्य रहेको थियो ।