काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्ना विरोधमा समाचार लेखेको आधारमा सञ्चारगृहमाथि सरकारले निशाना साँधेको बताएको छ ।
Advertisement
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार कान्तिपुरको मुख्यालयबाटै गिरफ्तारी गरिएको घटनाप्रति राजमोले आपत्ति प्रकट गर्दै ‘अधिनायकवादी शैली’ भनेको छ ।
अध्यक्ष चित्रबहादुर केसीद्वारा बुधबार (९ जेठमा) जारी वक्तव्यमा भनिएको छ, ‘कान्तिपुर प्रकाशन ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाको गिरफ्तारीको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले विरोध गर्दछ । आफ्नो विरोधमा समाचार सम्प्रेषण गर्ने संचारगृहलाई निशाना बनाउनु सरकारको अधिनायकवादी कार्यशैलीको परिणाम हो ।’