• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मेरो हातमा घण्टी छ भन्दैमा कसैले छुट पाउँदैन : थापा


  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेप्रति व्यङ्ग्य गर्दै भनेका छन्– ‘मेरो हातमा घण्टी छ भनेर कसैले छुट पाउँदैन’ ।

    Advertisement

    सङ्घीय संसद् नयाँ बानेश्वरको ल्होत्से हलमा २०८१ जेठ ६ गते आइतबार साँझ पत्रकार सम्मेलन गर्दै उनले सो अभिव्यक्ति दिएका हुन्।

    ‘हिँजो पनि विभिन्न जिम्मेवार व्यक्तिहरूमाथि प्रश्न उठ्दा छानबिन भएको हो, आज पनि हुनुपर्छ’ उनले भने– ‘हिजो जनार्दन शर्मा, रामशरण महत, नारायणकाजी श्रेष्ठलगायतमाथि छानबिन भएको हो र आज पनि हुनुपर्छ ।’

    सवाल व्यक्तिको नभएर जिम्मेवारीको भएको बताउँदै उनले अहिले छानबिन हुनुपर्दछ भनेको रवि लामिछानेमाथि होइन, गृहमन्त्रीमाथि भएको स्पष्ट पारे।

    संसदीय समितिको कार्यक्षेत्र (टिओआर) को सन्दर्भमा उनले भने– ‘सहकारीमा किन समस्या आएका छन् भनेर संसदीय समितिले छानबिन गर्ने होइन, गृहमन्त्री रवि सम्मिलित सहकारी र गोर्खा मिडियाको प्रसङ्गमा छानबिन गर्ने हो ।’

    संसदीय समिति नबने संसद् चल्दैन

    महामन्त्री थापाले भोलि ११ बजेभित्र संसदीय समिति बनाउने निर्णय गरेर आउन सत्तापक्षसित आग्रह गर्दै भने ‘नत्र संसद्का कुनै कारबाही अघि बढ्दैन, विश्वासमतको कारबाही पनि अगाडि बढ्दैन ।’

    गृहमन्त्री रविले आफूमाथि प्रश्न उठाएको सन्दर्भमा आफू त्यसका लागि तयार रहेको स्पष्ट पारे।

    ‘गृहमन्त्रीजीले मेरा विषयमा पनि प्रश्न उठाउनुभयो’ थापाले भने– ‘मेरो विषयमा पनि छानबिन बनाए हुन्छ । सत्तापक्षको मात्रै समिति बनाए हुन्छ अथवा रास्वपाको मात्रै संसदीय समिति बनाए पछि हुन्छ ।’

    ‘नोस्टाल्जिक’ नहुनुस्

    गृहमन्त्रीलाई ‘नोस्टाल्जिक’ नहुन आग्रह गर्दै थापाले भने– ‘म उहाँलाई नोस्टाल्जिक नहुन आग्रह गर्दछु । उहाँ अहिले मिडियाकर्मी होइन, गृहमन्त्री हो । उहाँ विगतमै रमाउन मिल्दैन ।’

    केही दिनअगाडि आफू विरुद्धको अभियोग प्रमाणित भए राजनीति छोड्ने गृहमन्त्री रविको प्रसङ्ग जोड्दै काङ्ग्रेस नेता थापाले जोडे– ‘आफू गलत भए राजनीतिक छाड्ने होइन नि, सजाय हुने हो ।’

    ‘उहाँले राजनीति छोड्ने कुरा गर्नुभयो’ उनले भने– ‘त्यसो होइन नि । उहाँ गलत भए उहाँले सजाय पाउने, म गलत भए मैले सजाय पाउने हो । राजनीति छोड्ने कुरा कहाँ हुन्छ ?’

    पहिला सहकारी र मिडियामा, अहिले सरकारमा

    पत्रकार सम्मेलनको क्रममा उहाँले पत्रकारतर्फ लक्षित गर्दै केही सहकारी र मिडिया सञ्चालक एउटै समूह भएर अहिले सत्तासिन भएकोमा खोजी गर्न आग्रह गरे।

    ‘तपाईंहरूले देख्नुभएको छ, केही सहकारीका सञ्चालक मिडिया सञ्चालन गरिरहेका छन्, केही मिडिया सञ्चालन सहकारीमा पनि छन्’ उनले भने– ‘आज त्यही समूह सरकार पनि चलाऔँ न भनेर सत्तामा आइपुगेका छन् ।’

    उनले पत्रकार जगत्लाई यस विषयमा खोजबिन गर्न आग्रह गरे ।

    आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.