• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मसालले फेरि भन्यो : प्यालेस्टाइनी नागरिकलाई बाँच्न देऊ, संसाभरबाट मुक्तिको आवाज उठाऊ


  •   शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अमेरिकी साम्राज्यवादको सहयोगमा इजरायलले प्यालेस्टाइनमाथि नरसंहार गरिरहेको भन्दै तीब्र विरोध गरेको छ ।

    Advertisement

    मसाल महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार (२८ वैशाख) एक वक्तव्य प्रकाशित गरी प्यलेस्टाइनी नागरिकमाथि भैरहेको हत्या, दमन तथा देश निकालाको श्रृंखला रोक्न आह्वान गर्नुभएको छ ।

    साथै, नेपाल सरकारलाई यस विषयमा धारणा राख्न र संसारभरीबाट प्यालेस्टाइनी जनताको मुक्तिका लागि आवाज उठाउन समेत मसालले आग्रह गरेको छ ।

    यस्तो छ, वक्तव्य
    प्यालेस्टाइनी जनतामाथि इजरायलले गरेको बर्बर नरसंहारका विरुद्ध अमरिकाका विद्यार्थीहरुले गरेको देशव्यापी आन्दोलनलाई ने.क.पा.(मसाल) ले हार्दिक स्वागत गर्दछ । वास्तवमा प्यालेस्टाइनका जनताले ७ दशकभन्दा बढी समयदेखि आफ्नो मातृभूमिको मुक्तिको लागि संघर्ष गर्दै आएका छन् । अमेरिकाको मदतमा प्यालेस्टाइनका लाखौँ जनतालाई त्यहाँबाट निष्कासित गरेर त्यहाँ इजरायल राज्यको स्थापना गरेदेखि नै प्यालेस्टाइनका जनताले आफ्नो देशको मुक्तिको लागि संघर्ष गर्दै आएका छन् । उनीहरूलाई दबाउन इजरायल सरकारले दशकौँदेखि प्यालेस्टाइनी जनतामाथि लगातार दमन गर्दै आएको छ ।

    हाल गाजापट्टिमा करिब ३७,००० जनताको हत्या गरिएको छ, जसमा ठूलो संख्या महिला र बालबालिकाहरुको छ । त्यहाँ ठूलो संख्यामा घर, अस्पताल, विश्वविद्यालय समेत ध्वस्त गरिएका छन् । त्यहाँ ग्याँस, पानी, विजुली आदि समेतको आपूर्ति इजरायलबाट नै हुन्छ । इजरायलले वारम्वार ती सबैको आपूर्ति मात्र बन्द गरिदिने गरेको छैन, बारम्बार अन्य देशबाट आउने खाद्यन्न वा औषधी समेतको आपूर्तिमा नाकाबन्दी लगाइदिने गरेको छ । त्यसले गर्दा त्यहाँभोकमरीको स्थिति पनिउत्पन्नहुने गरेको छ ।

    अमेरिकाले मध्य एसियामा आफ्नो प्रभुत्व कायम गर्नको लागि नै इजरायल राज्यको स्थापना गरेको थियो र अहिले पनि अमेरिकाको मदतमा नै इजरायल प्यालेस्टाइनी जनतालाई दबाउन सफल हुने गरेको छ । अहिले इजरायलले ठूलो पैमानामा प्यालेस्टाइनी जनताको नरसंहार गर्न सक्नुका पछाडि अमेरिकाको मदतले नै काम गरिरहेको छ । हाम्रो पार्टीले प्यालेस्टाइनी जनतामाथि इजरायलले गरिरहेको बर्बर अत्याचार वा नरसंहारको तीव्र शब्दमा भ्रत्र्सना गर्दछ ।

    इजरायलको प्यालेस्टाइनी जनतामाथि भइरहेको त्यस प्रकारको अत्याचारका विरुद्ध विश्वप्यापी रूपमा नै विरोध वा प्रदर्शनहरू भइरहेका छन् । युरोपका विभिन्न देशमा पनि प्यालेस्टाइनी जनतामाथि भइरहेका त्यस प्रकारका अत्याचारका विरुद्ध प्रदर्शनहरू भएका छन् । त्यही सिलसिलामा अहिले अमेरिकामा पनि विद्यार्थीहरूद्वारा व्यापक रूपमा प्रदर्शनहरू भएका छन् । तर यो बताउँदा हामीलाई धेरै नै दुःख लागेर आउँछ कि प्यालेस्टाइनी जनतामाथि भएका अत्याचारहरूका विरुद्ध तथा उनीहरूको मुक्तिका पक्षमा नेपालमा अत्यन्त कम आवाज उठेको छ ।

    निश्चय नै त्यसबारे राष्ट्रिय जनमोर्चाले देशका विभिन्न भागहरूमा सभा वा विरोध प्रदर्शनहरूको आयोजना गरेको थियो । ती कार्यक्रमहरूमा ने.क.पा.(मसाल)ले पनि ऐक्यबद्धता प्रकट गरेको थियो र त्यसबारे देशका अन्य कुनै पार्टीहरूले, यहाँसम्म कि वामपन्थी शक्तिहरूले पनि कुनै कार्यक्रमको आयोजना गरेको पाइएन । यो गम्भीर दुःख र अफ्सोचको कुरा हो ।

    अब प्यालेस्टाइनी जनता र इजरायलको बिचको युद्ध त्यहाँको स्थानीय युद्ध रहन गएको छैन । त्यो युद्धमा खाडी देशका कैयौँ सशस्त्र समूहहरू र इरान समेत प्रत्यक्ष रूपले सामेल भएका छन् । संसारका कैयौँ महाशक्तिहरू रुस, चीन, अमेरिका समेत त्यो युद्धमा एक वा अर्को प्रकारले सामेल हुन थालेका छन् । भूमध्यसागर, लालसागर समेत त्यो युद्धका केन्द्र बन्न थालेका छन् । त्यसरी त्यो युद्धमा, एकातिर सम्पूर्ण मध्य एसिया मुछिने र अर्कातिर त्यसले विश्वयुद्धको पनि रूप लिने सम्भावना देखा पर्दै गइरहेको छ । यदि त्यस्तो भयो भने त्यसबाट सम्पूर्ण मानवजाति र विश्वशान्तिलाई समेत खतरा पुग्ने सम्भावना छ ।

    प्यालेस्टाइन र इजरायलका विचमा चलिरहेको युद्धको त्यस प्रकारको गम्भीरतामाथि ध्यान दिँदै त्यहाँ स्थायी युद्धविराम गर्नको लागि विश्वभरी नै आवाज उठिरहेको छ । त्यस प्रकारको युद्धविरामको प्रस्तावलाई इजरायलले विरोध गरेको छ भने संयुक्त राष्ट्रसंघमा आएका त्यस प्रकारका प्रस्तावहरूलाई अमेरिकाले बारम्बार भिटो लाउने गरेको छ ।

    अन्त्यमा हाम्रो पार्टीले प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनको पक्षमा तथा युद्धका विरुद्ध र शान्तिको पक्षमा आवाज उठाउनको लागि सम्पूर्ण न्याय र शान्तिप्रिय नेपाली जनता तथा राजनीतिक पार्टी, संगठन तथा संघसंस्थाहरू समेतसित अपील गर्दछ ।

    २०८१ वैशाख २७ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

     

     

     

     

     

     

    शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.