• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सरकारको निर्देशन निजी स्कुलले टेरेनन्, विद्यालयबाटै धमाधम शैक्षिक सामग्री बिक्री


  •   मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । विद्यालयबाट शैक्षिक सामग्री बिक्री नगर्न सरकारले दिएको निर्देशन निजी शैक्षिक संस्थाहरूले अटेरी गरेको पाइएको छ ।

    Advertisement

    काठमाडौंका अधिकांश निजी विद्यालयहरूले विद्यालय हाताबाटै वा निश्चित पसलबाट शैक्षिक सामग्री किन्न बाध्य बनाएको अभिभावकको गुनासो छ ।

    सरकारले विद्यालयलाई शैक्षिक सामग्री नबेच्न निर्देशन दिएपनि त्यसको प्रभावकारी अनुगमन र कारबाही नहुँदा चर्को मूल्यमा स्कुलबाटै कापी, किताब किन्न परेको अभिभावक बताउँछन् ।

    बूढानीलकण्ठ नगरपालिका वडा नं १० कपनमा रहेको ड्याफोडिल बोर्डिङ स्कुलमा आफ्ना छोराछोरी पढाउँदै आएका एक अभिभावकले बत्तिसपुतलीको एउटा निश्चित पसलबाटै स्कुलका कापी किताब किन्नुपर्ने बाध्यता रहेको सुनाए ।

    उनले भने, ‘यता कपनमा स्कुल छ, किताब कापी किन्न बत्तिसपुतली पठाउँछन् । उनीहरूले भनेकै मूल्य तिर्नुपर्छ । त्यो पनि एकैपटक पाइँदैन । पटक पटक जानुपर्छ । अभिभावकलाई कति हैरानी दिएको ?’

    स्मरणीय छ, वैशाख २ गते बूढानीलकण्ठ क्षेत्रका स्टेसनरी व्यवसायीले नगरप्रमुख मिठाराम अधिकारीसँग भेट गरी विभिन्न विद्यालयहरूबाटै स्टेसनरी सामग्री बेचबिखन भइरहेकोप्रति ध्यानाकर्षण गराएका थिए ।

    नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको प्रतिनिधि मण्डलले नगरप्रमुखसमक्ष विद्यालयबाट स्टेसनरी सामग्री बिक्री गर्दा एकातिर स्टेसनरी व्यवसाय धराशायी बन्ने अवस्थामा पुगेको र अर्कोतर्फ अभिभावकले चर्को मूल्य तिर्नूपरिरहेको गुनासो गरेका थिए ।

    व्यवसायीको गुनासोपछि नगरपालिकाको टोलीले केही स्कुलमा छापा मारी शैक्षिक सामग्री जफत गरेको थियो ।

    यो पनि : स्टेसनरी सामग्री बेच्ने स्कुलमाथि बूढानीलकण्ठ नगरपालिकाको ‘एक्सन’

    नगरपालिकाले ड्याफोडिल स्कुलमा समेत छापा मारी बेच्न राखेको शैक्षिक सामग्री शील गरेको थियो । त्यसपछि सो विद्यालयले करिब तीन किलोमिटर टाढा सामाखुशीमा रहेको एक स्टेसनरी पसलबाट विद्यालयको शैक्षिक सामग्री बिक्री गर्दै आएको छ ।

    नगरपालिकाले अनुगमन गरेपछि कतिपय विद्यालयले भने कापीबाट स्कुलको लोगो हटाएर बेच्न थालेका छन् । उनीहरुले स्कुलबाटै वा स्कलले भनेकै पसलबाट स्टेसनरी किन्न बाध्य बनाएको अभिभावकको गुनासो छ ।

    व्यवसायीको दबाबपछि नगरपालिकाले केही दिन अनुगमन गरेपनि निरन्तरता दिएको छैन । निजी शैक्षिक संस्थासँग मिलेमतो गरेर नगरपालिले अनुगमन रोकेको व्यवसायीको आशंका छ ।

    यद्यपी बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता एवम् वडा नं १० का वडाअध्यक्ष नवराज भट्टराई भने व्यवसायीको आरोप अस्वीकार गर्छन् । युगदर्शनसँग कुरा गर्दै उनले अब अनुगमन मात्रै नभइ कारबाहीमै उत्रने बताए ।

    भट्टराईले भने, ‘नगरपालिका ब्याक भएको भन्ने हुँदै होइन । हामी अनुगमनलाई निरन्तरता दिन्छौँ । गत वर्ष हामीले विद्यालयलाई चेतावनी मात्रै दिएका थियौँ । उनीहरुले यस्तै रहेछ, नगरपालिकाले केही गर्दोरहेनछ भनेर अटेरी गरेका होलान् । तर अब हामी एक्सनमा उत्रन्छौँ ।’

    उनले शैक्षिक सामग्री बिक्री गरिरहेका स्कुललाई तत्काल रोक्नसमेत चेतावनी दिएका छन् । अन्यथा उपभोक्ता संरक्षण ऐनका दफा आकर्षित हुने र सोही बमोजिम कारबाही गरिने बताए ।

    उपभोक्ता संरक्षण ऐनको दफा १६ मा ‘अनुचित व्यापार तथा व्यवसायजन्य क्रियाकलाप गर्न नहुने’ उल्लेख छ । त्यसो गर्नेलाई सोही ऐनको दफा ३९ को १ (ख) मा दुई लाख देखि तीन लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

    स्मरणीय छ, बूढानीलकण्ठ नगरपालिकाले गत चैत २ गते विद्यालयहरुलाई सर्कुलर गरी स्टेसनरी सामग्री नबेच्न भनेको थियो ।

    संस्थागत विद्यालय सञ्चालन निर्देशिका २०६९ बमोजिम विद्यालयले स्टेसनरी सामान बेचबिखन गर्न पाउँदैनन् ।

    यस्तै, सर्वोच्च अदालतले समेत विद्यालयलाई शैक्षिक सामग्री बेच्न रोक लगाएको छ ।

    तर, विभिन्न तहका सरकार र अदालतको आदेशसमेत उल्लंघन गरी विद्यालयले शैक्षिक सामग्री बिक्री भइरहँदासमेत कारबाही नहुनु आपत्तिजनक भएको नेपाल स्टेसनरी व्यवसायी महासंघ बागमती प्रदेश सचिव कृष्णप्रसाद न्यौपाने बताउँछन् ।

    न्यौपाने भन्छन्, ‘स्कुलले नै कापी, किताब बेच्दा स्टेसनरी व्यवसाय धरासायी हुने अवस्था एकातिर छ भने अर्कोतिर विद्यार्थीले कम खर्चमा पाउने कापी, किताब चर्को मूल्य लिएर स्कुलबाटै किन्नुपर्ने बाध्यताका कारण अभिभावक मर्कामा परेका छन् ।’

    मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.