कृष्ण केसी, चितवन ।
चितवनमा नेकपा (मसाल) को नवौँ महाधिवेशनको घोषणा, तीन अभियानको समापन तथा एक सय पैतिसौँ मजदुर दिवससमेतको कार्यक्रम सम्पन्न भएको छ ।
मसालको जिल्ला समितिले आयोजनामा २०८१ वैशाख १९ गते बुधबार जिल्ला समन्वय समितिको सभाहलमा ऊक्त कार्यत्रम सम्पन्न भएको हो ।
अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनको प्रमुख आतिथ्यमा सम्पन्न ऊक्त कार्यक्रममा मसालका जिल्ला प्रवक्ता अभिवर शर्माले नवौँ महाधिवेशनल ऐतिहासिक रूपमा सम्पन्न भएको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य डमर केसी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य विष्णु पौडेल, रक्तिम सांस्कृतिक अभियानकी सल्लाहकार देवी शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर छेत्री, पूर्व जनप्रतिनिधि गुणनिधि शर्मा, राजमो चितवनका पूर्व अध्यक्ष मोहनमणि ढकाल, रक्तिम चितवनका कोषाध्यक्ष कृष्ण केसी, महिला सङ्घकी बालकुमारी आचार्य, राजमो नेता देविराम शर्माको आतिथ्य रहेको थियो ।
अन्टुकका जिल्ला उपाध्यक्ष जितबहादुर थापाको अध्यक्षता र जिल्ला सचिव पदम वाग्लेको सञ्चालनमा अगाडि बढेको कार्यक्रम सहिदको सम्मानमा मौनधारणपछि अन्टुकका सल्हाहकार कृष्ण सुवेदीले स्वागत गर्नुभएको थियो ।
