काठमाडौं । काठमाडौंमा सीप मेला आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंको टुँडिखेलमा भोलि (वैशाख १९ गते) बाट सो मेलाको आयोजना गर्ने भएको हो।
मंगलवार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले सो मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने उद्देश्य रहेको बताए।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोडनका लागि सो मेलाको अवधारणा अघि सारिएको पनि उनले स्पष्ट पारिन् ।
उपमेयर डंगोलले भनिन्, ‘सीप मेला। सिप मेला कार्यक्रम २०८१ को शुभारम्भसँगै हामीले कम्तिमा २०८१ जनालाई सीप मेलाको कार्यक्रममार्फत रोजगारीसँग जोड्ने हामीले उद्देश्य लिएका छौं। त्यो उद्देश्य स्वरुप सीप मेला भने भोली शुभारम्भ हुँदैछ।’
मेलामा तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन्। सो तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौं महानगरपालिकाले जनाएको छ।