• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

यो कस्तो पुरुषार्थ ?


  •   शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
  • वाशु नेपाली

    Advertisement

    बटुवा : ए बहिनी, …सरी मे आई आस्क समथिङ…, इफ यु डन्ट माइन्ड ?

    महिला : ( मनमनै गम्दै… देखे देखेको अनुहार जस्तो पनि लाग्छ तर पर्यटकको भाषामा बोल्दै छ, एक पटक सोधी त हेर्नुपर्यो..)
    (विष्मयादी भावमा अलिकती संकोच अनी अलिकती आक्रोश पोख्दै)

    एस, आई क्यान अन्डरस्ट्यान्ड नेपाली अल्सो इफ यू आर नेपाली ?

    केटा : सरी ल… म नेपाली नै हो । ‘बट’ आजकल मलाई नेपालीमा भन्दा अंग्रेजीमा बोल्न ‘इजी’ लाग्छ । ‘सो’ , बाई द वे, आई एम विपिन, बिलोङ्स फ्रम बिनामारे ।

    धेरै वर्षपछि विदेशबाट नेपाल आएको सपरिवार काठमाडौंमै रहनुहुन्छ । एसएलसीको क्लासमेट साथीबीच एक अनलाइन ग्रुप बनाएका छौँ । नेपाल आएको बेला आफू जन्मे हुर्केको अनि पढेको ठाउँको पछिल्लो चित्रण साथीबीच सेयर पनि गरौँ एक पटक होमटाउन पनि भिजिट गरौँ के कस्तो भएछ भनेर आएको नी ।

    गोरेटोहरू बिस्तारिएछन् । बस्तीहरू उजाडिएछन्, भौतिक पूर्वाधारहरूको विकाससँगै भौगोलिक अवस्थितीमा बदलाब आएको जस्तो भान हुँदो रहेछ । फैलिँदो झाडी र पातलिएका बटुवा, सुस्ताएका मनुवा अनि टाढिएका मनहरू देख्दा निराशा महशुस भइरहेछ । कोही भेट्दा पनि खासै चासो दिएर बोल्न चाहनु भएन । करिब एक घन्टा देखी अलमलिरहेको थिएँ, स्कुल जानलाई बाटोको मेलोमेसो नै भएन कोही भेटे सोधौँला भनी रूघी बसेको थिएँ तपाईं भेटिनु भो खुशी लाग्यो ।

    महिला : भो भो धेरै भूमिका बाँध्नु पर्दैन । तपाईंको अंग्रेजी तपाईंले बोक्नु भएको झोलामा थन्क्याउनु भए हुन्छ । यहाँ बचेखुचेको नेपाली भाषाले नै काम चल्छ । सिधै भन्नु भए हुन्छ के सोध्न खोजेको हो ? मलाई पनि हतारै छ । तपाईसँग गफ लडायर बस्न !
    अँ साँच्ची केरे केरे …? मेरो पनि २०५५ सालको एसएलसी हो नित.. । त्यही त अघिदेखि कहीँ देखे देखेको अनुहार त लागिरहेथ्यो भन्न मात्र नसकेकी । म बाटुलीमाया क्य…, चिनेनौ त …? स्कुले जीवनमा त खुबै जिस्काएर हैरान गर्थ्यौ त । आजकलको जस्तो भए लभै पर्थ्यो क्यार…!

    विपिन : तिमी बाटुली…? क्या सारो फ्यात्त परेको होउ ? उ बेला त स्कुल भरी मै कामुक सुन्दरी देखिन्थ्यौ पुतली बनेर हिँड्थ्यौ । हामी कसैलाई भाउ दिन्नथ्यौ त ? अहिले त कृष्ण भजन गाउँदै हिँड्ने वैष्णवी भक्तजन जस्तै देखिन्छ्यौ कसरी चिन्नु त….? कति बच्चा की माऊ भएऔ र.?

    बाटुलीमाया : हो त्यो बेला म केटी थिएँ । तिमी त्यही नजरले राम्रो देख्यौ, अहिले म महिला भएकी छु तर ति तिम्रा नजरले फ्यात्तकी आइमाई देख्यौ । पुरूष मनोविज्ञानको भाष्य नै यस्तो छकी एक पुरूष कुनै महिलालाई प्रेम गर्छ बदलामा ऊ भोग्न चाहन्छ । कुनै महिलालाई मन पराउँछ उनलाई खुशी पार्नका लागि संसारका सबै खरिद गर्न तयार हुन्छ, बदलामा भोग्न चाहन्छ । कसैलाई राम्रो देख्छ, सुन्दर ठान्छ, प्रशंसा गर्छ, समिप आउँछ, बदलामा भोग्न चाहन्छ, महिलालाई प्रेम गर्छ किनभने ऊ भोग्न चाहन्छ, आफूलाई बलियो सम्झिन्छ, सक्षम भएँ भन्ने ठान्छ, साहसिक देखाउँछ, बहादुर कहलाउँछ, सबैको कसी भोगमा लगेर जाँच्छ ।

    पुरुष किशोर भएपछि मृत्यु यात्रासम्मको मूल जिम्मेवारी हो पुरुषार्थ गरिरहनु जसका लागि आफूलाई बलशाली र पराक्रमी देखाएर महिला भोगशालीमा योग्य बनाइराख्नु । त्यही पात्र स्वार्थ प्रतिकुल हुन्छे खोट देखिन थाल्छ, कुरूप देखिन थाल्छ, तर एउटी महिला तरूण्यताको पोखरीमा डुबुल्की मार्न आउने पौडीबाजसँग आफ्नो आत्मसम्मान, सुरक्षा, समर्पणको मात्र खोजी गरिरहेकी हुन्ने, आफ्ना भावी सन्ततीको एक सक्षम बाबु, आवस्यकता पूरा गर्ने अभिभावक, बाटो देखाउने शिक्षक, समस्याको उपचार गर्ने वैद्य, आदर्श बुझाउन सक्ने गुरू बनेर जीवन सार्थक पार्ने सारथीको चाह राख्छे ।

    भावनात्मक अन्तरघुलन उसको एक मात्र साध्य हुन्छ शारीरिक समागम त माध्यम मात्र । फरक यत्ती हो थोरै साक्षरले शब्दमा जोडेर भन्न सक्लान् निरक्षरका भावनामै असरल्लै रहन्छन ! हामीलाई केटा चिन्ने भएदेखि मर्ने बेलासम्म अरू धेरै अवतार दिएको छ छोरी, बुहारी, आमा, अवतार अनुसारको जीवनमा लीला गर्दै गर्दै फिरंगी जीवन बाँच्छौँ । सायद प्रकृतीले महिला र पुरुषबीच दिएको फरक पनि यही होला ।

    विपिन : हैन होउ, क्या सारो चोथाले भएकी तिमी त…? यतिका वर्षमा भेट भएको छ त्यो पनि अकस्मात अनि अचम्मैसँग, नचिनेसम्म त को हो को हो…? चिनिसके पछि त सन्चो बिसन्चो …? हाल चाल…? उन्नती प्रगती…? दिन के कसरी बित्दै छन्…? भनेर सोध्ने होइन र…? के न के सँग छेउ न टुप्पाका कुरा निकालेर च्याठिँदै फतफताउँछ्यौ त ? के कुनै बिरामी भएकी छौ की त ? अनुहारमा पनि चमकता देख्दिन, स्वभावमा सरलता, बोलीमा मिठास पनि भेट्दिन । ह्याभ यू एनी प्रोबलम ?

    बाटुलीमाया : अँ साच्ची मेरो हालखबर सोधेको ? खै के सुनाऔं साथी जीवनको खबर…? स्कुल पढ्दा कस्तो थिए त्यो तिमीलाई पनि थाहा छ, म सानैदेखि आज्ञाकारी बन्न भन्दा मनले देखेको गर्न, केही फरक हुन अनि नयाँ प्रयोग गर्न रूचाउँथे यो मेरो स्वाभावै हो । सभ्य भाषामा सुशील संस्कारी के के भन्छन् त्यो अलि कमि नै थियो क्यार…? दिनहरू बित्दै थिए । एसएलसीको पढाइ सकेपछि उच्च शिक्षाको लागि सहर पस्नु पर्ने त्यो बेलाको हामीहरूको बाध्यता तिमी पनि बुझ्छौ । यही कुरा परिवारमा राखेँ । परिवारले आर्थिक कारण थप खर्च गर्न नसक्ने बरू कोही केटा खोजेर विवाह गरिदिएर सन्तान प्रतिको अन्तिम कर्तब्य सकाउने निधो गर्यो जो मलाई फिटिक्कै मन परेन ।

    बिनासल्लाह घर छोडेर शहर पसेँ संघर्षका दिन सुरु भए । त्यो यो छोटो भेटमा बताउन सम्भव छैन कुनै दिन बताउँला । भिरबाट लडेको मनुवाले सिस्नोको गाँज भेटे पनि समाउँछ भने जस्तै जीवन नियतीका आरोह अवरोहहरूसँग जुध्दै उच्चशिक्षा अध्ययन सँगै शैक्षिक पेशामा जोडिन सक्दा एक आत्मनिर्भर तथा सफल महिलाको परिचय बनाउँदै थिएँ । उमेरको बहाबसँगै आफूलाई नजिकबाट बुझ्ने चिन्ने र सारथीका हात फैलाउने कोही आफ्नो जीवनमा आइदिँदा नजिकिनु स्वभाविक थियो । संयोग पनि त्यस्तै जुर्यो । उनैसँग घरजम गरेँ, दुई बच्चाकी आमा बनेँ ।

    प्राकृतिक जीवनले पूर्णता पाएको थियो खुशी नै थिएँ, परिवारको आग्रह र स्वीकृति विपरित शहर पस्ने निर्णय लिएसँगै टाढिएको घरपरिवार, समाज, आफन्त, नाता सम्बन्ध, गुमाएको ममता र अभिभावकत्वले चाडवाड आउँदा मन नबहलाएको त कहाँ हो र ? तर म बस्ने घरको पारी घरमा गुँढ बनाएको गौँथली चरीको जीवन चर्या नियाल्थेँ, मेहनत गरी घर बनाउँथ्यो, अण्डा पार्थ्यो, चल्ला कोरल्थ्यो, दुःख गरेर हुर्काउँथ्यो, जब बचेराका प्वाँख पलाउँथे तिनै माउले ठुँगेर गुँढबाट निकाल्थे । पुनः गुँढ फर्कन दिन्थेनन् । बचेरा आफ्नो जीवन उडान भर्थे । कहीँ टाढा क्षीतिजमा हराउँथे । यो देख्थेँ जीवनको सत्य यही नै हो बाँकी सबै सम्बन्ध र व्यवस्था त आफ्नो स्वार्थ अनुकुल बनाइएका सामजिक आयोजन मात्र हो रहेछन् आफूलाई थप मजबुत बनाउथेँ ।

    यस्तैमा एकदिन श्रीमानको घरबाट फोन आएछ क्यारे, परिवारसँगको भेटघाटको लागि प्रस्ताव गर्नु भो । सहस्र स्वीकारेँ । पहिलो पटक म पूर्वको यात्रा गर्दै थिएँ केही संकोच केही उत्साहित र केही कौतुहलताका साथ । पहिलो पटक कर्म घरको आँगनी टेकेकी, सबै आफ्ना तर सबै नौलो, सबै परिवार तर सबै अपरिचित, भौगोलिक सुन्दरता तर प्रकृतिसँगको बिनासाहिनो, भाषा भेष भुषा रहन सहन अस्वभाविक पनि छैन । अभ्यस्त पनि छैन यि सबै कुराले असहजता भित्रको रोमान्चकता बनाइरहेको थियो । बिस्तारै घुलमिल हुँदै थिएँ ।

    अप्रत्यासित घर आउनु रहस्य खुल्यो , उनी त शरणार्थी परिवारको सदस्य रहेछन् । शरणार्थी वर्गीकरणको मापदण्ड अनुसार बसाईसराईको लागि म जोडिएको परिवार अमेरिकाको लागि छनोट भएको रहेछ । नाम प्रमाणीकरणको प्रकृया सुरु भो । म धर्मसंकटमा परेँ । यति ठूलो संघर्ष र मेहनतबाट प्राप्त प्रमाणपत्र र कमाएको परिचय त्याग्ने या एक विकसित मुलुकको बसाई, श्रीमानसँग विचार साटेँ । अस्तित्व र स्वाभिमान गुमाइससकेपछि मान्छेको प्रथामिकता ढोंगी जीवनको चाहनामा सिमित हुँदोरहेछ ।

    उनी यही भेटेँ । जन्माएको आधारमा छोराछोरीको हक दाबी गरेँ, बिना विवाह दर्ता र बच्चाको नाम पछिको थरको कानुनी कारण, सन्तानको उज्जवल र सुरक्षित भविष्यको लागि पनि मेरो प्राकृतिक अधिकार छोड्न सबैको दबाब, अमरत्वको निसानी, आफैँले उमारेका फूलबाट आफैँ बन्चित हुनुपर्दाको भाविविव्हलताले जन्मघर र परिवारको बहिष्कृतलाई सामान्य तुल्यायो । निधो गरेँ मलाई बिर्से पनि मैले बिर्सन नसक्ने जन्म ठाउँ नै मेरो परिचय हो म हुनुको अर्थ हो भन्ने लाग्यो र अहिलै यही ठाउँमा स्वास्थ्य स्वयंसेविकाको रुपमा क्रियाशील छु ।

    यो समाजमा त्यो पुरानो परिचय लिएर जिउन भन्दा यसै परिचयमा नै बढी आत्म सन्तुष्टी मिलेको छ । यसैमा रमाएकी छु । आफू बाहेक आफ्नो सबै नियतिलाई बुझाएर जिप्सी (फिरंगी)को लीला मञ्चन गरिरहेकी छु ।

    विपिन : बिना प्रसंग, अनायासै पुरुष र पुरुषत्वमाथी किन यति विघ्न आक्रोष पोख्यौ भन्ने त लागिरहेको थियो । जीवन भोगाईको स्वतस्फुर्त अभिव्यक्त प्रतिक्रिया पो रहेछ त… ।

    बाटुलीमाया : अनुभवबाट हासिल ज्ञान र आयातित शिक्षाबीचको फरक यही हुन्छ । तिमी मलाई हालखबर सोध्यौ मैले आफू मार्फत बढ्दो विदेशीकरण सँगै हर मानव , परिवार, समाजमा ब्याप्त संवेदना, आत्मियता र मानवियताको संकट कसरी गहिरिँदै छ भन्ने बुझाउँदै थिएँ, हाम्रा जीवन कसरी खण्डहर हुँदैछन सम्झाउँदै थिएँ । तिमी मलाई साहानुभूतिको पात्रमा सिमित गर्दैछौ । यो ब्रम्हाण्डको अस्तित्वखोज, चक्रिय गतिशीलता, प्राणी जगतको ब्रम्हाण्डसँग तादम्यताको अनुसन्धान, ब्याख्या र बोध गराउने प्रयत्नका सन्दर्भमा आदीमकालदेखि वैदिक साहित्यको माध्यमबाट सघन बन्दै आएको पूर्वीय चिन्तनको गहिराई नाप्न असमर्थ छ आजसम्मको विज्ञान पनि ।

    हो, त्यो तत्व ज्ञानदेखि बौद्ध दर्शन निर्माण गर्ने महापुरुषहरूको उद्गम स्थल हो तिमी हामी जन्मे हुर्केको भूमी । म राम्रोसँग जानाकार छु । तर वैदिककालका आर्जित ज्ञान र चेतना भण्डारको स्तुती भजन गाएर यो पुस्ताले २१ औँ शताब्दीको पुरुषार्थको हवला र भावी पुस्ताका लागि मार्गदर्शनको दायित्व पूरा भएको सम्झिन मिल्छ र ?

    विपिन : समाज विकासको आफ्नै नियम हुन्छ, आजको भोलि कोही एक व्यक्ति र समूहले चाहँदैमा रातारात परिवर्तन हुन सम्भव छ त…? आजको ग्लोबलाइजेसनको जमनामा । समयको कालखण्डमा समग्र मानव समाज र राज्य हितका पक्षमा भएका जनविद्रोह, युद्ध, आन्दोलन, अभियानमा जीवन उत्सर्ग गर्ने सबै भन्दा बढी पुरुरूषहरू नै छन् नी…? यो वर्गीय समाजमा रहेका लैंगिक, जातीय, विभेदलाई कम गर्न सबैभन्दा नविनतम प्रयोग हाम्रै देश समाजले गर्दै छ । सबै घटनाक्रममा नकरात्मक देख्न मात्र पनि भएन कसो ?

    बाटुलीमाया : म स्वस्थ जीवन र अस्वस्थ जीवनबीच भेदको कुरा गरिरहेछु । तिमी फगत खुद्रा कुनै कम्पनीमा उत्पादित एक औषधिको विज्ञापन गरिरहेछौ । यदी हामी इतिहासमा गर्व गर्छौ भने वर्तमान त थप मजबुत हुनु पर्ने हैन र…? भोलिको अगुवाइका लागि काबिल बन्न पर्ने थिएन र ? तिमी कानुन र संविधानको बुँदामा उल्लेखित बुँदालाई लिएर आधुनिकताको दिग्भ्रममा छौ । कुनै पनि विषयको बहस छलफल र विकास त त्यो समाजको धरातलीय यथार्थमा जोडिएको हुनु पर्दैन र…?

    चेतना र कानुनको हिसाबले पछाडी मानिने मुस्लिम समाजमा महिलालाई घरमै सिमित गरिएको हुन्छ कमसेकम खजना जुटानका खातिर शारीरिक श्रममा लगाइँदैन ।मध्य एसिएन मुलुकमा आर्थिक उपार्जनमा लगाइन्छ । यौनिक जीवन सुरक्षित छैन तर उसले अंगाल्ने जुन सुकै पेशा र बाटोलाई वैधता छ सम्पत्ति भोगचलमा उसको निर्णय सर्वोपरी मानिन्छ । विकसित मुलुकमा सम्पत्ति र यौनिक अधिकारलाई बराबर मान्यता र वैधता दिइएको हुन्छ ।

    यसै युगकी हाम्रो समाजकी महिला समान हक अधिकारको लागि लडिन् आंशिक सफलता पाइन् । सामजिक सोच र संरचना बदलिइसकेको छैन । परिवार र समाज सञ्चालमा साझेदारी खोजिन् अधिकारमा सिमित गरियो । जिम्मेवारीमा पिल्सिएकी छन् । सन्तानसँग प्रकृतिक सम्बन्ध र दायित्व पूरा गर्न तिनै सन्तानलाई छाडेर रोजगारीमा पुरुषसँगै मुग्लान निस्किएका छन्, भोलि उनी थाक्नेछिन् । सन्तान बोलाउनेछिन्, पर्सी म बाटुलीमायाले जस्तै उनको भविष्यका लागि भनेर उनलाई उतै छोडेर मै जस्तै निराशा र रोग लिएर फर्किनेछिन् ।

    त्यो दिन आज तिमीले आफैँले १० वर्ष धाएर पढेको स्कुल जाने बाटो नभेट्ने नियती उनीहरूले भोग्नेछन । मैले गुमाएको माइतीसमाज ति सबैले गुमाउने निश्चित छैन र ? बाँकी पुस्ताका लागि हामीले छोड्ने केही बच्ने छैन । मेरो पुकार सुन्छौ र बुझ्छौ भने त्यो तिम्रो अनालाइन ग्रुप च्याटमा, ति भव्य शहरमा सभ्य जीवनको खोजीमा भौँतारिरहेका मेरा बाल सखीलाई म बाटुलीमायाको हालबर सुनाइदेऊ । जीवन नियती र भोगाई सेयर गरिदेऊ ग्रुप च्याटमा लेखिदेऊ, सत्य भनिदेऊ, मैले पढेको स्कुल जाने बाटो भेटिन, बाल सखा बाटुलिमायालाई भेटेर फर्किएँ ।

    (वाशु नेपाली हाल जापान नेपाली एकता समाजमा आवद्ध हुनुहुन्छ ।)

    शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • २.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ३.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ४.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ६.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ७.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ८.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.