• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गोरखा भूकम्पको ९ वर्ष पूरा, के छ पीडितको अवस्था ?


  •   बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
  • काठमाडाौं ।  गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज नौ वर्ष भएको छ । विसं २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भूकम्पले गोरखा जिल्लामा मात्र चार सय ७१ जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट गोरखा सहित १४ जिल्ला अतिप्रभावित बन्यो भने देशभरका ३१ वटा जिल्लामा गोरखा भूकम्पले क्षति पुर्‍यायो ।

    Advertisement

    भूकम्प गएको नौ वर्षमा जिल्लाभित्र अधिकांश नीजिआवास, सरकारी कार्यालय, स्वास्थ्य कार्यालय भवन, विद्यालय तथा प्रमुख पुरातात्विक भवन निर्माणको काम लगभग सम्पन्न भएपनि भूकम्पको केन्द्रविन्दु बारपाकमै केही भूकम्प पीडित अस्थायी टहरामै छन् । बारपाक सुलिकोट गाउँपालिका–१, स्थित दलितबस्तीका भूकम्प पीडित अझै पनि अस्थायी टहरामा बसिरहेको वडा सदस्य लक्ष्मी बि।कले जानकारी दिइन् ।

    साविकको बस्ती जोखिमयुक्त रहेकाले अन्य स्थानमा घर बनाउन जग्गा नपाउँदा दलित समुदायका परिवार अस्थायी टहरामा बस्नुपरेको उनले बताइन् ।

    ‘गैह्रागाउँका १५ घरभन्दा बढी दलित परिवारले भूकम्पपछि घर बनाउन पाएका छैनन्’, विकले भनिन्, ‘जोखिमपूर्ण रहेकाले पुरानो ठाउँमा घर बनाउन नमिल्ने भएपछि उनीहरु अहिले सरकारी जग्गामा आश्रय लिइरहेका छन् ।’

    अस्थायी टहरामा रहेकामध्ये कतिपयको साविक स्थानमा घर बनाउने चाहाना र कतिपयले सुरक्षित स्थानमा सरेर घर बनाउन चाहे पनि घडेरीको अभावका कारण समस्या भएको उनको भनाइ छ ।

    ‘गैह्रागाउँलार्ई सरकारले जीवित सङ्ग्रहालय बनाउने निर्णय गरेको थियो’, विकले भनिन्, ‘त्यहाँका केही स्थानीयवासीले जग्गा दिन नमानेपछि त्यहाँ सङ्ग्रहालय बन्ने सकेन त्यसपछि समस्या भयो ।’

    स्मृति उद्यानको काम अलपत्र
    भूकम्पको केन्द्रविन्दु बारपाकमा निमार्ण गर्न लागिएको भूकम्प स्मृति उद्यानको कामसमेत अझै सम्पन्न हुन सकेको छैन । गोरखा भूकम्पमा परेर देशभरका आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाए भने २२ हजार तीन सय नौ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।

    भूकम्पमा परेर ज्यान गुमाएकाको सम्झनामा केन्द्रविन्दु बारपार्कमा भूकम्प स्मृति उद्यान निर्माण गर्न लागिएको छ । तर अहिलेसम्म पनि स्मृति उद्यानको काम सम्पन हुन नसकेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर पुरुषोत्तम पंगेनीले जानकारी दिए ।

    ‘पूर्वाधार निर्माणको काम त करिब ९८ प्रतिशत नै सकिएको छ’, उनले भने, ‘स्मृति उद्यानमा राख्नका लागि भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिको नामावली प्राप्त नहुँदा उद्यान निर्माणको काम सम्पन्न हुन सकिरहेको छैन ।’

    उद्यान निर्माणका क्रममा गोरखा भूकम्पमा परेर ज्यान गुमाएका सबैको नाम स्मृति उद्यानमा ताम्रापत्रमा लेखेर राख्ने गरी सम्झौता भएको उनको भनाइ छ । उद्यानमा भूकम्पमा परी निधन भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहने छ ।

    ‘अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाको नाम लेख्न बाँकी रहेको छ’, इन्जिनियर पङ्गेनीले भने, ‘गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भने पनि गृहले अहिलेसम्म नाम उपलब्ध नगराएकाले काम रोकिएको हो ।’

    स्मृति उद्यानमा स्तम्भ मण्डला निर्माणमा गरिएको छ भने मण्डलामा चिप्स राख्ने, रङरोगन गर्ने लगायतका काम समेत सम्पन्न भइसकेको इन्जिनियर पंगेनीले बताए ।

    त्यस्तै उद्यानसम्म पुग्नका लागि चार सय मिटर सडक कालोपत्र गरिएको, वाल निर्माण, क्यानटिन पार्क निर्माण, टिकट काउन्टर निर्माणको काम सम्पन्न भइसकेको छ । पार्कमा दुई शौचालय, एक चमेना गृह, पार्किङस्थल समेत निर्माण गरिएको इन्जिनियर पङ्गेनीले जानकारी दिए । सरकारी स्वामित्वको झण्डै दुई सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य आवश्यक संरचना निर्माण गरिएको उनले बताए।

    तोकिएको समयमा काम नहुँदा कार्यालयले ठेकेदार कम्पनीलाई पाँच पटक म्याद थप गरेर काम गरेको इन्जिनियर पङ्गेनीले बताए । निर्माणमा ढिलाइ हुँदा पार्क निर्माण सम्पन्न गर्न सुरुमा रु १३ करोड छ लाख ३४ हजार पाँच सय ७८ मा ठेक्का सम्झौता गरिएको भए पनि पुनः परिमार्जित सम्झौताअनुसार लागत रु १५ करोड ५१ लाख ७५ हजार दुई सय ३९ पुगेको आयोजना कार्यालयले जनाएको छ ।

    ‘उद्यान निर्माणको लगभग सकिएको छ’, भूकम्पमा परेर ज्यान गुमाएका सवैको नाम ताम्रापत्रमा लेखेर राख्ने गरी सम्झौता भएको थियो’, उनले भने, ‘हामीले गृहमन्त्रालयसम्म अनुरोध गरिरहेका छौँ।’

    कार्यालयले भूकम्प स्मृति उद्यान निर्माणका लागि विसं २०७४ मङ्सिर १४ गते स्वच्छन्द/होम निर्माण जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।  सम्झौताअनुसार ३० महिनामा काम सम्पन्न गर्ने भनिए पनि ढिलो गरी भर्खरै मात्र  भौतिक संरचना निर्माणको काम सम्पन्न भएको उनले बताए।

    इपिसेन्टरलाई पहाडको सहर बनाउने सपना
    बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले भूकम्पपछि एउटा गाउँको रुपमा रहेको बारपाक अहिले पहाडको नयाँ सहरको रुपमा स्थापित हुन लागेको बताए ।

    ‘भूकम्पपछि बारपाकको प्रचारमा पनि फरक भयो’, उनले भने, ‘भूकम्पले धेरै घर ध्वस्त थिए, भूकम्प पछाडि बारपाक कस्तो बन्यो होला भन्ने धेरै मान्छेहरुलाई चासो हुनु स्वभाविक नै थियो, त्यसकारण पनि बाहिरका मानिसहरु बारपाक हेर्न र घुम्न आउने क्रम बढ्दै गएको छ ।’

    अध्यक्ष भट्टले बारपाकमा बन्न लागेको भूकम्प स्मृति उद्यानले भूकम्पको केन्द्रविन्दु बारपाक मात्र नभएर गोरखा भूकम्पको अध्ययन र अवलोकन गर्ने अवसरसमेत प्रदान गर्ने बताए । ‘स्मृति उद्यानसँगै हामीले सङ्ग्रहालय बनाउने योजना पनि छ’, उनले भने, ‘सङ्ग्रहालयमा भूकम्प बेलाको चित्र, तस्बिर, भूकम्पका बेलाका भिडियोसहित त्यसबेलाको अवस्थालाई जीवन्त झल्काउने प्रयासपनि गर्नेछाौँ ।’

    स्मृति उद्यान र सङ्ग्रहालयमार्फत गाउँपालिकाले नेपालभरका नागरिकलाई बारपाकमा पर्यटकको रुपमा भित्र्याएर विपद्बाट बच्न र सतर्कता अपनाउन शिक्षा पनि दिन  चाहेको अध्यक्ष भट्टले बताए ।

    ‘भूकम्पपछि पुनःनिर्माणको काम लगभग अन्तिम अवस्था आइसकेको छ’, उनले भने, बारपाकमा गल्लीलाई व्यवस्थित गर्ने पनि हाम्रो तयारी छ, ढल व्यवस्थापन, खानेपानीको आयोजनालाई व्यवस्थापन गर्दै बारपाकलाई नयाँ पहाडी सहरको रुपमा स्थापित गर्ने तयारी गरिरहेका छाौँ ।’ रासस

    बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.