कञ्चनपुर । नेकपा (मसाल) कञ्चनपुरले पार्टी स्थापनाको हीरक जयन्ती एक कार्यक्रम गरी मनाएको छ ।
Advertisement
सोमबार बेलौरी नगरपालिका ९ कुण्डामा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश सचिव राजाराम चौधरीले सम्बोधन गर्नुभएको थियो ।
अखिल नेपाल जनजाति सम्मेलका जिल्ला संयोजक राजकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रा जमो जिल्ला सदस्य रंगबहादुर चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा राजमो प्रदेश सदस्य जनक कुँवरको आतिथ्यता रहेको थियो ।