• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

फुटपरस्त कामरेडहरुको मसालमा पुनः फुटका लागि ‘अपिल’


  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित
  • बासुदेव पोख्रेल

    Advertisement

    कामरेड सन्त बहादुरजीको हाँक टुडेमा २०८० चैत्र २१ मा प्रकाशित ‘सन्दर्भ : मसालको नवौं महाधिवेशन’ शिर्षकको लेखको अन्तमा लेखिएको छ, ‘नवौं महाधिवेशनको सफलताको अग्रिम शुभकामना ।’ तर त्यो शुभकामना कति कपोटपूर्ण छ ? त्यो लेखमा लेखिएको कुराबाट प्रष्ट हुन्छ ।

    त्यो लेखमा मुख्य रुपले नेकपा (मसाल)को नवौं महाधिवेशनमा त्यो पार्टीमा फूटका लागि आह्वान गरिएको छ । त्यस सिलसिलामा त्यो लेखमा लेखिएको छ, ‘हामी यो पनि आशा गर्दछौं कि, मसालका क्रान्तिकारी कार्यकर्ताहरूले पार्टीलाई क्रान्तिकारी दिशामा फर्काउने प्रयत्न गर्नेछन् । यदि त्यो सम्भव भयो भने हामी पुनः एउटा विशाल पार्टी निर्माण गर्न पनि सफल हुनेछौं ।’

    मसालको आठौं महाधिवेशनले पारित गरेको लाइनलाई दक्षिणपन्थी बताएर उहाँहरूले पार्टीलाई फुटाउनु भएको थियो । अहिले उहाँहरूले मसालका कार्यकर्ताहरूलाई यो आह्वान गर्नुभएको छ कि, पार्टीको अहिलेको नीतिलाई फर्काएर पुनः उहाँहरूको लाइन अनुसार नीति अपनाउनु पर्छ र उहाँहरूसित पार्टी एकता गरेर विशाल पार्टी बनाउनु पर्छ ।

    उहाँहरूले नेकपा (मसाल)को आठौं महाधिवेशनको पालामा पार्टीले अपनाएको शान्तिपूर्ण आन्दोलन र चुनावको उपयोगको नीतिलाई दक्षिणपन्थी बताउनु भएको थियो । पूर्व माले र माओवादीले पनि पूर्व चौम र मसालको नीतिलाई दक्षिणपन्थी बताएका थिए । तर, मसालबाट फुटेर गएपछि उनीहरूले ‘उग्रवामपन्थी’ प्रकारको भए पनि सशस्त्र संघर्ष शुरु गरेका थिए र चुनावको समेत बहिष्कार गरेका थिए । त्यसरी उनीहरूले जे भनेका थिए, त्यसमा इमान्दारिता थियो ।

    तर, मसालका नयाँ फूटपरस्त साथीहरूले सशस्त्र संघर्ष र चुनावको बहिष्कारको कुरा गरेर चितवनको आफ्नो भेलामा शान्तिपूर्ण आन्दोलनको नीति अपनाउने र चुनावको उपयोग गर्ने नीति अपनाउनु भएको थियो । त्यस पछि उहाँहरूले स्थानीय चुनावमा एउटा वडामा पनि विजय प्राप्त गर्न सक्नु भएन । त्यसरी आफ्नो त्यसप्रकारको पराजय पछि उहाँहरूले चुनावको बहिष्कार गरेर आफूलाई क्रान्तिकारी देखाउने प्रयत्न गरि रहनुभएको छ । त्यसरी उहाँहरूको क्रान्तिकारीताको नीति ‘वामपन्थी लफ्फाजी’ मात्र भएको कुरा छर्लंग छ ।

    उहाँहरूले आफ्नो नीति क्रान्तिकारी भएको दावी गरि रहनुभएको छ । तर अहिलेसम्म उहाँहरूको सम्पूर्ण क्रान्तिकारीता मसालको विरोध गर्ने, त्यसलाई सकेसम्म फुटाउने र त्यसलाई ध्वस्त पार्न पूरै शक्ति लगाउनेसम्म मात्र सिमित छ । त्यो बाहेक उहाँहरूले यो बीचमा गरेको राजनीतिक महत्वको कुनै एउटा मात्र उदाहरण दिन सक्नुहुन्छ ? त्यो अवस्थामा उहाँहरूले आफूलाई नेकपा (मसाल) को मित्र शक्ति बताउनु पनि हास्यस्पद कुरा हो । मसाललाई फुटाउन र त्यसलाई ध्वस्त गर्न रात दिन दौडधुप गर्ने कार्य उहाँहरूको मसालप्रतिको शत्रुतापूर्ण नीति रहेको कुरामा कुनै शंका रहन्न ।

    उहाँहरूले आफ्नो समूहलाई ‘नेकपा (मशाल)’ नै भएको दावी गर्नुहुन्छ । तर, यो सबैलाई थाहा भएको कुरा हो कि मसालबाट फुटेर जाने पहिलेका सबै समूहहरूले आफूलाई नै सच्चा मसाल भएको दावी गर्ने प्रयत्न गरेका थिए । तर, अब तीनीहरू मध्य कसैको पनि अस्तित्व छैन । अहिलेका हाम्रा फुटपरस्त साथीहरूले पनि कहिलेसम्म त्यस प्रकारको नौटंकी गरिरहनु हुन्छ आउने दिनहरूमा प्रष्ट हुँदै जानेछ ।

    उहाँहरूले तत्कालिक नेकपा (क्रान्तिकारी माओवादी) तथा नेकपा (बहुमत) सित पार्टी एकता गर्ने कोशिस गर्नुभएको थियो । तर उहाँहरूको त्यो प्रयत्न सफल हुन सकिरहेको छैन । अहिले पनि उहाँहरूले त्यसप्रकारको प्रयत्न जारि राख्नु भएको छ । उहाँहरूले यो कुरा राम्ररी बुझिसक्नु भएको छ कि, एक्लै रहेर आफूहरूको अस्तित्व कायम रहन सक्दैन । त्यसैले कतै न कतै एकता गर्ने वा आफूहरूलाई विलय गर्ने उहाँहरूको प्रयत्न अहिले पनि भइरहेको छ ।

    उहाँले नेकपा (मसाल)ले उहाँहरूलाई मान्यता नदिएको भनेर लेख्नुभएको छ । तर, नेकपा (मसाल) बाट फुटेपछि उहाँहरूको वेग्लै अस्तित्व नै कायम हुन सकेको छैन । कुनै पनि पार्टीबाट फुटेर वा नयाँ संगठन बनाएर कसैले पार्टी बनाउने प्रयत्न गर्ने बित्तिकै स्वतः त्यसको अस्तित्व कायम हुन सक्दैन । कैयौं वर्षको लामो प्रक्रियामा गएपछि नै त्यसमा स्थायित्व वा स्थिरता आउँछ । नेकपा (मसाल) बाट मात्र होइन, अन्य पार्टीहरूबाट फुटेका वा नयाँ बनेका संगठनहरूबारे पनि यहि कुरा सत्य हो ।

    त्यसैले अहिले क. सन्त बहादुरहरूले बनाएको समूहमा स्थीरता आउने छ वा छैन, कतै विलय हुनेछ वा हराएर जाने छ ? त्यो कुरा स्पष्ट भएपछि नै त्यसलाई मान्यता दिने वा नदिने कुराबारे विचार हुनसक्ने छ । नेकपा (मसाल) बाट फुटेर गएको उहाँहरूको समूहको नीति शुरुदेखि नै प्रतिगामी दिशाउन्मुख रहेको छ भनेर मसालले पटक पटक स्पष्ट गर्दै आएको छ । अहिले सन्त बहादुर जीले प्रकाशित गरेको लेखबाट पनि त्यो कुरा प्रष्ट हुन्छ ।

    उहाँले आफ्नो लेखमा विद्यमान गणतन्त्रलाई प्रतिक्रियावादी नै बताउनु भएको छ र त्यसलाई समाप्त गर्ने कुरामा जोड दिनुभएको छ । त्यसरी उहाँहरूको त्यो नीति गणतन्त्र विरोधी राजावादीहरूको अभियानसित नै मिल्दछ । उहाँले प्रतिगमनको खतरा वा त्यसका विरुद्धको संघर्षको आवश्यकतालाई सिधै विरोध गर्नुभएको छ । यसरी उहाँहरूले क्रान्तिकारी नीतिको चर्को कुरा गरेपनि उहाँको त्यो नीतिले व्यवहारमा राजावादीहरूको नै सेवा गर्दछ ।

    एकातिर क्रान्तिकारीताको चर्को कुरा र अर्कातिर राजावादीहरूको प्रतिगामी नीतिको सेवा यो नै उहाँहरूको राजनीतिको निचोड हो । मसालले एकातिर प्रतिगमनका विरुद्ध संघर्ष र प्रतिगामी खतराबाट गणतन्त्रलाई रक्षा गर्ने कुरामा जोड दिएको हुनाले नै उहाँहरूको दृष्टिकोणमा मसालको नीति ‘दक्षिणपन्थी’ बन्न गएको छ । उहाँहरूले त्यो पार्टीको नवौं महाधिवेशनका लागि यो शुभकामना दिनुभएको छ कि, मसालका कार्यकर्ताहरूले उहाँहरूको प्रतिगमन दिशाउन्मुख राजनीतिक लाइनलाई अपनाउन् र मसालमा फुटपारेर उहाँहरूसित मिलेर ‘विशाल पार्टी’ को निर्माण गरुन् ।

    उहाँहरूले मसाल उहाँहरूसित एकता गर्न तयार नभएको भनेर आलोचना गर्दै आउनु भएको छ । उहाँहरू फुटेर गएपछि एक पटक मसाल र उहाँहरूका बीचमा पार्टी एकताको प्रक्रिया पनि शुरुभएको र त्यसका लागि एउटा कार्यदल पनि बनेको कुरा थाहा भएको थियो । तर, त्यसका लागि उहाँहरूले यो सर्त राख्नुभएको थियो, ‘पार्टीको आठौं महाधिवेशन र त्यसले गरेका सबै निणर्यहरू खारेज हुनुपर्दछः आठौं महाधिवेशनले चुनेको केन्द्रीय समिति सहित त्यसका तल्ला स्तरका सबै समितिहरू भंग हुनुपर्दछ ? मसाल र उहाँहरू समेतको एउटा कार्यदल बनाएर आठौं महाधिवेशन पुनः सम्पन्न गरिनु पर्दछ आदि ।’

    उहाँहरूका त्यसप्रकारका सर्तहरूका कारणले त्यो एकता वार्ता भंग भएको कुरा थाहा हुन आएको थियो । अहिले पनि मसालले भनेको छ कि, पार्टीबाट फुटेर गएका सबै सदस्यहरूलाई त्यसले स्वागत गर्नेछ । तर, त्यसका लागि उहाँहरूले आठौं महाधिवेशले पारित गरेको विधान र अनुशासन अन्तर्गत नै बस्ने गरेर आउनु पर्दछ । तर उहाँहरूले आफ्ना पहिलेका जस्ता सर्तहरू दोहोर्‍याउनु भयो भने त्यो एकताको नीति नभएर फुटको नीति हुनेछ र अहिले सन्त बहादुर जीहरूले त्यही प्रकारको फुटको नीति अपनाएको देखिन्छ । सन्त बहादुर जीले लेखेको लेखबाट पनि त्यही कुरा बुझिन्छ ।

    आइतबार, चैत २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.