• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

विप्लव र डा. बाबुराम भट्टराईले उठाएका केही विषयबारे


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • मनोज भट्ट ##

    Advertisement

    १. का. विप्लवको अलमल

    का. विप्लवले २०८० साल चैत १९ गते राजधानीस्थित एउटा टिभीलाई अन्तरवार्ता दिनु भएको छ । त्यो अन्तरवार्तामा उहाँले व्यक्त गर्नुभएका विचारमा प्रशस्तै अलमल देखिएको छ । हुन त का. विप्लवका कैयौँ राजनीतिक कदम अलमलमा नै बितेको पाइन्छ ।

    १. प्रचण्डले क्रान्तिलाई धोका दिएको भन्दै क्रान्तिलाई जारी राख्ने नाममा उहाँले शान्ति र संविधानमा जोड दिनुको सट्टा सशस्त्र कारबाहीमा लाग्नुभयो । त्यो सशस्त्र कारबाही सफल हुने प्रश्न नै थिएन । अन्तमा केही कार्यकर्ताको अनाहकको बलिदानीपछि शान्तिपूर्ण राजनीतिमा आउनुपर्यो ।

    २. शान्तिपूर्ण राजनीतिमा आए पनि वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्षको अनिवार्यता तथा सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तलाई अङ्गीकार गर्दै पार्टीको कार्यदिशा तय गर्न सकिन्छ । त्यो कार्यमा का. विप्लव अलमलमा रहनुभयो, जसको परिणाम संशोधनवादी धारमा पतन भइसकेको माओवादीसँग पार्टीएकताका लागि का. विप्लवले प्रयास गरिरहनु भएको छ । उनीहरूबिचको पार्टीएकताका लागि का. विप्लव लालायित पनि छन । माओवादी केन्द्रले क्रान्तिको सिद्धान्त परित्याग गरिसकेको हुनाले नै का. विप्लवहरूले मूल पार्टीसँग विद्रोहको बाटो अपनाएको दाबी गरेका हुन । त्यो दाबीले पनि हावा खायो ।

    ३. का. विप्लवले शान्तिपूर्ण राजनीतिमा आएपछि जनमत सङ्ग्रहको माध्यमबाट वैज्ञानिक समाजवादमा जाने नारा अगाडि सार्नुभयो । संसारको कुनै मुलुकमा, अझ त्यसमा पनि संसदीय व्यवस्थाभित्र वैज्ञानिक समाजवादका लागि जनमत सङ्ग्रह भएको वा जनमत सङ्ग्रहबाट वैज्ञानिक समाजवाद स्थापना भएको देखिँदैन । सशस्त्र सङ्घर्षको बलमा नै प्रतिकृयावादी व्यवस्थालाई ढालेर नै समाजवादको स्थापना हुन्छ । जनमत सङ्ग्रहबाट वैज्ञानिक समाजवादमा जाने विप्लवको अर्थहीन नाराले हावा खानु नै थियो ।

    ४. जनमत सङ्ग्रहबाट वैज्ञानिक समाजवादमा जाने नाराले हावा खाएपछि अहिले आएर का. विप्लव नेपाली मोडेलको समाजवादको खोजीमा हुनुहन्छ । त्यो मोडेल कस्तो हुन्छ ? स्पष्ट नै छ, बुर्जुवा व्यवस्थालाई सत्ताच्यूत गरेर होइन, एमाले, काङ्ग्रेस–मधेसवादी, यहाँसम्म कि घण्टी पार्टीसम्मलाई मान्य हुने समाजवादको मोडेलको खोजीमा हुनुहन्छ । त्यसका लागि उहाँले विभिन्न दलसँग छलफल पनि चलाइरहेको दाबी गर्नुभएको छ । बाघ र बाख्रालाई एउटै खोरमा राखेर समाजवादको मोडेलको कल्पना गर्नु कस्तो हास्यास्पद ?

    ५. विद्यमान व्यवस्थाभित्र समाजवादका कतिपय आधार तयार पार्न सकिने कुरालाई अस्वीकार गर्न सकिन्न । ल्याटिन अमेरिकाअन्तर्गतका कैयौँ मुलुकमा वामपन्थीहरू चुनावको माध्यमबाट जितेर आएपछि त्यहाँका खानी, प्राकृतिक स्रोतसाधन अर्थतन्त्रमाथिको साम्राज्यवादी प्रभुत्वको अन्त गरेर राष्ट्रिय स्वामित्व कायम गरेका थिए र छन् । त्यो गर्ने क्रममा पनि अमेरिकासँग ठुलै सङ्घर्ष गर्नुपरेको थियो । अमेरिकाको हितविरोधी सरकारलाई अपदस्थ गर्न, आर्थिक नाकाबन्दी लाद्न, नेताहरूको हत्या षड्यन्त्र गर्न, सैन्य विद्रोह गराउन अमेरिकाले कुनै कसर बाँकी राखेको थिएन तर साम्राज्यवादी स्वार्थका विरुद्ध त्यस प्रकारको जोखिम लिएर काम गर्न सक्ने ल्याकत प्रचण्ड, ओली वा विप्लवहरूले राख्दैनन् ।

    ६. विचार, राजनीति र सिद्धान्तमा यस प्रकार अलमलले अवसरवाद जन्माउँछ । का. विप्लवको मूल प्रवृत्ति त्यही हो तर वर्तमान परिवेशमा का. विप्लवले पहिला झैँ यो गणतन्त्रको काम छैन, यसलाई खत्म गर्नुपर्छ भनेर वाम कोणबाट वर्तमान गणतन्त्रमाथि प्रहार गरेर प्रतिगमनलाई मदत पुगिरहेको नीतिमा सुधार गर्नुभएको छ । यो सकारात्मक कुरा हो । वर्तमानमा प्राप्त उपलब्धिको रक्षा गरेर नै आगामी थप अधिकार तथा समानताको बाटो तय गर्नुपर्छ ।

    २. बाबुराम भट्टराईको आधारहीन दाबी

    भारतीय शासक वर्गसँग आँखा जुधाएर कुरा राख्न सक्ने व्यक्ति पहिलो वी.पी. कोइराला थिए भने अहिले आफू मात्र भएको दाबी बाबुराम भट्टराईले सार्वजनिक रूपले गरिरहनु भएको छ । केहि दिन अगाडि इलाममा भएको साहित्यिक महोत्सवमा त्यो दाबीलाई उहाँले पुनः दोहोर्याउनु भएको छ ।

    भारतीय शासक वर्गसँग वी.पी. ले कति आँखा जुधाएर कुरा गर्नुहुन्थ्यो ? त्यस विषयमा हामी बेग्लै चर्चा गरौँला । जहाँसम्म बाबुराम भट्टराईले भारतीय शासक वर्गसँग आँखा जुधाएर कुरा गर्ने गरेको दाबी गरेका छन् । त्यो अत्यन्तै आधारहीन र झुटो दाबी हो । त्यसमा कुनै सत्यता छैन । त्यस प्रकारको दाबी गर्दा बाबुराम भट्टराई विगततर्फ एक चोटी फर्किए त्यो दाबी कति आधारहीन छ भन्ने कुरा स्वतः स्पष्ट हुने छ ।

    बाबुराम भट्टराई २०६८ साल भदौ ११ गते नेपालको प्रधानमन्त्री हुनुभएको थियो । भारतीय चाहना मुताविक नै उहाँ प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । बाबुराम भट्टराई निर्वाचित भएलगत्तै भारतीय कूटनीतिज्ञ एस.डी. मुनीले सामाजिक सञ्जालमा “मधेसीहरूको सहयोगमा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बन्न दिएर भारतले बुद्धिमतापूर्ण काम गरेको” लेखेका थिए । बाबुराम भारतको समर्थनमा प्रधानमन्त्री भए र भारतको दबाबमा हटाइए । प्रधानमन्त्रीबाट हटनुपरेको झोँकमा “चाबी अन्यत्र रहेछ” भन्ने उहाँको भनाइ आएको राजनीतीमा चासो राख्ने जोकसैले बिर्सेका छैनन् ।

    बाबुराम भट्टराई नै त्यस्ता प्रधानमन्त्री हुन्, जसको कार्यकालमा नेपालको कूटनीति रसातलमा पुगेको थियो । भारतीय शासक वर्गलाई खुसी पार्न यिनले भारतको हितमा जुवा खेले । त्यो जुवा भनेको बिप्पा सम्झौता थियो ।

    अझ त्यति मात्र नभएर नेपालको आधुनिक इतिहासमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा प्रधानमन्त्रीलाई स्वागत गर्न राजनीतिक व्यक्ति नै उपस्थित हुने गरेका छन् तर २०६८ कात्तिक ३–६ गतेसम्म बाबुराम भट्टराईले प्रधानमन्त्रीको हैसियतले गरेको भारत भ्रमणको क्रममा राजनीतिक व्यक्ति नगएर पहिलोपटक परराष्ट्रको कर्मचारी गएका थिए । आफैले बनाएको प्रधानमन्त्रीको भ्रमणलाई धेरै महत्त्व दिन भारतले आवश्यक ठानेन । त्यसैले बाबुराम भट्टराईको भारतीय शासक वर्गसँग आँखा जुधाएर कुरा गर्ने गरेको सार्वजनिक दाबीमा कुनै सत्यता छैन ।

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.