• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

समिति बैठक, कार्ययोजना पारित


  •   आइतबार, चैत १८, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आगामी असारसम्मका लागि तयार गरेको कार्ययोजना पारित गरेको छ ।

    Advertisement

    समितिको आजको बैठकले उक्त कामलाई व्यवस्थित तुल्याएर अघि बढ्न चार वटा उपसमितिसमेत गठन गरेको सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । बैठकले विमला घिमिरेलाई दीगो विकास, घनश्याम रिजाललाई आर्थिक मामिला, नारायणदत्त भट्टलाई सुशासन प्रवद्र्धन र भुवनबहादुर सुनारलाई सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमनसम्बन्धी उपसमितिको संयोजकमा चयन गरेको छ ।

    समितिको कार्यक्षेभित्रका तीन र राष्ट्रियसभाले पारित गरेका सङ्कल्प प्रस्ताव कार्यान्वयनको अनुगमन गर्ने उपसमिति गठन गरी काम अघि बढाउने निर्णय गरेको सचिव पाण्डे बताउनुभयो ।

    बैठकले केही दिनभित्रै राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय र वित्त आयोगका प्रतिनिधिलाई बोलाएर चालु आर्थिक वर्षको बजेट कार्यान्वनको अवस्था र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी जानकारी लिइ छलफल गर्ने निर्णय गरेको छ ।

    त्यसलगत्तै विषय विज्ञसँग बजेटका सैद्धान्तिक पक्षबारे छलफल गर्ने तथा सरकारबाट ल्याउन ढिला भइरहेको सदाचार नीतिबारे छलफल गर्ने समितिले तयारी गरेको छ ।

    मुलुकमा जल्दोबल्दोरुपमा उठिरहेको सहकारीसम्बन्धी समस्याबारे सरोकारवालासँग छलफल गरी समाधानका लागि सुझाव सरकारलाई सुझाव दिइने सचिव डा पाण्डेले जानकारी दिनुभयो ।

    समितिले सुशासन प्रवद्र्धनका सन्दर्भमा सम्बन्धित निकायले अघि बढाएका छानबिन र भ्रष्टाचार न्यूनीकरणसम्बन्धी कामबारे प्रगति विवरण लिने र छलफल गर्नेछ । आर्थिक मामिलासँग जोडिएका सरकारले आयोजना गर्न खोजेको तेस्रो लगानी सम्मेलन सन्दर्भमा लगानी प्रवद्र्धनका लागि बहस गराउने तयारी गरेको छ ।

    शासन प्रवद्र्धनसँग सम्बन्धित नियमक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरी अनुसन्धान ब्युरोलगायतसँग शासकीय सुधारबारे गर्नपर्ने कामबारे छलफल गर्ने योजना बनाएको बैठकमा जानकारी दिइयो ।

    दीगो विकाससँग जोडिएका मुद्दामा बजेटमा सम्बोधन विकास भए नभएको तथा सन्तुलित विकास अवधारणको अवस्थाबारे स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिने समितिको कार्ययोजनामा छ ।

    समितिले आधारभूत स्वास्थ्यको पहुँच बाहिर रहेका नागरिकको उपचार व्यवस्था सरल र सहज तुल्याउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले सङ्कल्प प्रस्ताव दर्ता गराउने तयारी पनि गरेको छ । जनताले स्वास्थ्योपचार नपाएर अकालमा मृत्यवरण गर्नु परेको अवस्था रहेकाले त्यो अवस्थालाई रोक्न सङ्कल्प प्रस्ताव पेस गर्न परेको सो अवसरमा सभापति कमला पन्तले जानकारी दिनुभयो । सङ्कल्प प्रस्तव संसद्को कार्यव्यवस्था परामर्श समितिमा दर्ता हुन्छ भने अध्यक्षको निर्णयका आधारमा अघि बढ्ने वा नबढ्ने भन्ने निक्र्यौल हुन्छ ।

    उक्त प्रस्तावबारे सम्बन्धित विभागीय मन्त्रीलाई जानकारी गराइने, सभामा छलफल हुने, मन्त्रीबाट जवाफ दिइने तथा पारित भएपछि कार्यान्वयनका लागि संसद्ले सरकारलाई निर्देशन कानुनी प्रक्रिया निर्धारण हुन्छ ।

    यसअघि बैठकमा सदस्यहरुले दीगो विकासको अवधारणाअनुरुप भौतिक पूर्वाधार नबनाइँदा आयोजना दीगो र गुणस्तरीय बन्न नसकेका पक्षमा सरकारको ध्यानाकर्षण गराउन आवश्यक रहेको बताउनुभयो ।

    उहाँहरुले आगामी वर्षाद्लाई ध्यान दिँदै बाढीपहिरो, हुरीबतास, मानवीय तथा भौतिक पूर्वाधारको क्षति रोक्ने विषयमा आवश्यक पूर्वतयारी अवस्थामा रहन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    सदस्यहरुले दीगो विकासतर्फ हाम्रा प्रयास लक्षित हुनुपर्नेमा जोड दिँदै समितिका बैठकलाई तयारीका हिसाबले योजनाबद्ध र व्यवस्थित गर्ने सन्दर्भमा सभापतिको ध्यानाकर्षण गरानुभयो । केही सदस्यले भने युवाको वैदेशिक पलायनलाई रोक्न औद्योगिक प्रवद्र्धन गर्दै रोजगारी प्रदान गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझावको खाँचो औँल्याउनुभयो ।

    आइतबार, चैत १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.