• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सांसद जिसीको प्रश्नः सीमामा नेपालीहरु कहिलेसम्म भोकैप्यासै रहनुपर्ने हो ?


  •   आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
  • बुटवल । प्रदेश नं ५ का सांसद तारा जिसीले सीमामा हजारौं नेपाली नागरिक कैयौं दिनदेखि भोकै प्यासै रहेकोप्रति सरकारले वेवास्ता गरेको भन्दै आक्रोश पोख्नुभएको छ । राष्ट्रिय जनमोर्चाका सांसद जिसीले नेपाली सञ्चार माध्यमले सीमामै पुगेर अलपत्र नेपालीको पीडा सार्वजनिक गरिरहेपनि सरकार त्यसप्रति बेखबर रहेको गुनासो गर्नुभयो ।

    Advertisement

    शनिबार बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले आयोजना गरेको दलका सचेतकहरूसहितको सर्वदलीय छलफलमा राजमो प्रदेश सांसद जिसीले सीमामा क्वारेन्टिनमा अबधि पूरा गरी सकेका नेपाली नागरिकलाई आवश्यक चेकजाँच गरि घर पठाउन ब्यवस्था गर्नुपर्ने र अलपत्र परेका नेपाली नागरिकलाई नेपाल भित्राई प्रदेश, जिल्ला वा स्थानीय तहमा जहाँ हुन्छ क्वारेन्टिनमा राख्ने ब्यवस्था गर्न माग गर्नुभयो।

    भारतमा पनि लकडाउन कायम रहेको अवस्थामा कसरी नेपाली नागरिक सीमाक्षेत्रमा ठूलो संख्यामा पुगिरहेका छन्रु ? भन्ने प्रश्न गर्दै जिसीले धेरै नेपाली क्वारेन्टिनमा नहुनु र भोकैप्यासै रहन बाध्य हुनु दुःखद भएको बताउनुभयो । उहाँले नेपाली मजदुरप्रति नेपाल र भारत दुबै सरकारले गरेको अमानवीय कार्यको जति निन्दा गरेपनि कम हुने बताउनुभयो ।

    ‘हप्तौंसम्म लामो दूरी पार गरेर आपत विपद झेल्दै देसको सीमामा आएपुग्दा झन् ठूलो विपत बेहोर्न बाध्य सुत्केरी महिला बाल बालिका र आम नागरिकको तत्काल उद्दार गरियोस्’ सांसद जिसीले भन्नुभयो ।

    यस्तै, उहाँले उपत्यका र देशका विभिन्न साना ठूला शहरहरूबाट घर फर्कनेहरूको जताततै लर्को देखिएको बताउँदै लामो यात्रा पैदलै तय गरिरहेको नागरिकलाई गन्तव्यमा पुरे्याइदिनुपर्ने बताउनुभयो ।

    सांसद जिसीले प्युठान जिल्ला अस्पतालमा १० आईसोलेसनको तयारी रहेपनि २ वटा मात्र सम्भव भएको, प्राथमिक उपस्वास्थ चौकी भृग्री र खलंगा लगायत जिल्ला र प्रदेशका स्वास्थ संस्थाहरूमा प्रर्याप्त मात्रामा स्वास्थ समाग्री नहुँदा स्वास्थकर्मीहरूले जोखिमपूर्ण सेवा दिनु परेको गुनासो समेत गर्नुभयो ।

    आवश्यक स्वास्थ समाग्रीको प्रदेश भित्र कमि हुन नदिने आश्वासनको साथै बैठकमा निर्माणाधीन पूर्वाधारहरू दर्जनौं सडकपुलको साथै ढाँड–सेउलीघारि सडकपुल निर्माणमा पनि लकडाउनको असर भएको उठाए पछि मुख्यमन्त्रीले सामान ल्याउन लकडाउनले कुनै असर नगर्ने त्यसबारे आफूले बुझ्ने बताउनुभयो ।

    बैठकमा नेकपा का प्रमुख सचेतक भुमिश्वर ढकाल, नेपाली कांग्रेसकी उपसचेतक निर्मला क्षेत्री, समाजवादी पार्टी का सचेतक सन्तोष पाण्डे लगायत नेताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.