काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो।
Advertisement
कांग्रेस नेतृत्वको पालामा बनेको आयोग खारेजीमा परेपछि अब नयाँ आयोग बनाउने तयारी सरकारले गरेको छ।
यसअघि २०७८ भदौमा शेरबहादुर देउवा नेतृत्वको सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन गरेको थियो।
भूमिसम्बन्धी ऐन २०२१ मा भूमि व्यवस्थापन र भूमिसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरिने व्यवस्था छ।
सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिन आयोग गठन गरेको थियो। तर यो आयोग हरेक पटक सरकार फेरिएसँगै खारेजीमा पर्ने गरेको छ ।