• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सङ्कल्पपत्रमा भूमि बैङ्क स्थापना गर्ने भनिएकोमा चार किसान सङ्गठनको विरोध


  •   बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
  • काठमाडौँ । सत्तागठबन्धनले आफ्नो सङ्कल्पपत्रमा भूमि बैङ्क स्थापना गर्ने बताएपछि चार किसान सङ्गठनले त्यसको विरोध गरेका छन् ।

    Advertisement

    भूमि बैङ्क स्थापना हुँदा नेपालको खेतीयोग्य जमिन बहुराष्ट्रिय कम्पनी र दलाल कर्पोरेट पुँजीवादलाई जिम्मा लगाउने तथा वास्तविक किसानलाई जमिनबाट बेदखल गर्ने भन्दै उनीहरूले यसको विरोध गरेको हुन् ।

    २०८० चैत ८ गते बिहीबार जारी प्रेसवक्तव्यमा उनीहरूले सत्तागठबन्धनको सङ्कल्पपत्रमा भूमि बैङ्क स्थापनाको प्रस्तावलाई संविधानमा उल्लेखित समाजवादउन्मुख मर्म र भावना विपरीत भएको बताइएको छ । यस सन्दर्भमा उनीहरूले सरकारसामु किसान सङ्गठनले प्रस्तुत गरेको ६५ बुँदे मागपत्रमा पनि उक्त विषय उठान गरिएको स्मरण गराइएको छ ।

    प्रेसवक्तव्यमा मिटरब्याजपीडित, सुदखोरी, लघुवित्तपीडित, नापीजग्गाको कर, एमसिसीको खारेजसम्बन्धी विषयसमेत समावेश गरिएको छ ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान सङ्गठनका अध्यक्ष दुर्गाप्रसाद जैशीको हस्ताक्षर रहेको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “१. अहिले बनेको वामबाहुल्य रहेको भनिएको गठबन्धन सरकारले प्रस्तुत गरेको सङ्कल्पपत्रमा भूमि बैङ्क स्थापना गर्ने विपयलाई अघि सारेर किसानलाई सुविधा प्रदान गर्ने नाममा नेपालको खेतीयोग्य जमिन बहुराष्ट्रिय कम्पनी र दलाल कर्पोरेट पुँजीवादीलाई जिम्मा लगाउने बाटो खोल्ने, वास्तविक किसानलाई जमिनबाट बेदखल र विस्थापित गर्ने र यसरी किसानलाई श्रोतसाधनविहीन तुल्याउने दिशा पक्रेको छ । त्यसले हाम्रो गम्भीर ध्यानाकर्षण गरेको छ ।

    समाजवादउन्मुख भनिएको संविधानको समेत मर्म र भावना विपरीतको सरकारको यस्तो नेपाली कृषि र किसानमारा नीतिको हामी चार किसान सङ्गठन घोर विरोध गर्दछौँ । यो भूमि बैङ्कको नामका कृषि र किसानलाई नेपालबाट विदेशीको हातमा सुम्पने शोषणकारी नीति फिर्ता लिन सरकारसमक्ष प्रस्तुत ६५ सूत्रीय मागमा पनि भूमि बैङ्क खारेज गर्न हामीले जोडदार माग गर्दै आएको स्मरण गराउँदै यसको खारजीको पुन: जोडदार माग गर्दछौँ ।

    यस विषयमा सम्पूर्ण नेपाली किसान तथा राष्ट्रप्रेमी जन समुदायमा पनि सचेत र सङ्घर्षशील रहन तथा निरन्तर खबरदारी गर्न आग्रह गर्दै नेपाल र नेपाली किसान जोगाउन सङ्घर्षबाहेक अर्को विकल्प नरहेको र यसको जिम्मेवार नेपाल सरकार नै हुने कुरा पनि पुन: प्रष्ट औल्याउँछ ।

    २. सामन्ती सुदखरी शोषणलाई पुनरावृत्ति गर्दै नयाँ संस्करणमा चलाइएको मिटरब्याज, लघुवित्तको किसानमारा शोपण, सहकारीको ठगी तथा दुग्ध किसान र उखुकिसानको दिनुपर्ने रकम समयमै नदिएर किसानलाई उठिबास, उत्पीडन, हतोत्साहित र हैरानी पार्ने क्रियाकलाप तुरुन्त रोक्न, मिटरब्याजका सम्पूर्ण जाली तमसुकलगायतका झुटा लिखतप्रमाण खारेज गर्ने, लघुवित्तपीडक, सहकारीका ठग तथा दुग्ध र उखुकिसानलाई समयमा भुक्तानी नदिने जिम्मेवार सबैलाई कडा कारबाही गर्न पुन: जोडदार माग गर्दछौँ ।

    ३. नापी नभएको किसानको जग्गा तुरुन्त नापी गर्न किसानले तिर्न नसक्ने जग्गाकर खारेज गरेर न्यूनतम कर दर कायम गर्न र सुकुम्बासी र साना किसानका समस्या तत्काल समाधान गर्नसमेत हामी सरकारको ध्यानाकर्षण गराउँछौँ ।

    ४. किसानलगायत नेपाली जनताको ठुलो हिस्साको व्यापक राष्ट्रव्यापी विरोध हुँदाहुदै देश र जनताको हित विपरीत अमेरिकी स्वार्थमा व्याख्यात्मक टिप्पणीको टोलीले छोपेर पारित गरिएको एमसिसी सम्झौताको दुष्प्रभाव र परिणाम देखिन सुरु गरेका छन् । हालै एमसिए नेपालले यो सम्झौतापछि एमसिए नेपाल नेपालको कानुन मान्न बाध्य नभएको र उसले अमेरिकी संविधान र ऐनकानुन मात्र मान्न पर्ने सो सम्झौतामा उल्लेख भएको कुरा उठाउँदै नेपालको संविधान र कानुनलाई ठाडै लत्याउन थालेको कुरा प्रकाशमा आएको छ । यसबारे सरकारले सत्य तथ्य सार्वजनिक गरोस् । एमसिसी खारेज गर्न र राष्ट्रको हित रक्षा गर्न अग्रसर होस् भन्ने जोडदार आवाज पनि हामी उठाउँछौँ र सम्पूर्ण नेपाली किसान दाजुभाइ, दिदीबहिनीलगायत नेपाल समाजका सम्पूर्ण तह र तप्काका जनतलाई नेपालको सार्वभौमिकता, नेपाली संविधानको सर्वोच्चता र नेपाल हितलाई ठाडै लत्याउने गतिविधि विरुद्ध खबरदारी सङ्घर्षमा उत्रिनसमेत जोडदार आग्रह गर्दछ ।”

    बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.