काठमाडौं । ललितपुरको शंखमुलमा १६ वर्षअघि भएको हत्याको योजनाकार महिला पक्राउ परेकी छन्।
Advertisement
धादिङको साविक बुढाथुम गाविस–३ ९हाल गंगा जमुना गाउँपालिका–७० घर भई हाल ललितपुरको ढोलाहिटी बस्ने वर्ष ४१ की सबिता थापा ९अधिकारी० भन्ने सोभिता थापा पक्राउ परेकी हुन्।
वि।स २०६४ साल असार २६ गते ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२२ शंखमुलस्थित तत्कालीन ईमाडोल गाविस–२ घर भएका वर्ष ३३ को धर्मराज विष्टको हत्या भएको थियो।
सबिता थापाको योजनामा उनका सहोदर भाई विनोद थापा सहित तीन जनाको समूहले विष्टलाई कुटपिट गरी सख्त घाइते बनाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो।
घटनापछि फरार रहेकी सबितालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत गते जिल्ला ढोलाहिटीबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाही लागि जिल्ला अदालत ललितपुर बुझाइएको छ।